Thursday, May 19, 2011

चामे जस्तै बन्यो लमजुङ बेसीशहर

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ १२ गते ।
तपाइँ लमजुङ सदरमुकाम वेसीशहर आउनुभयो भने मनाङ पुगेको भान पक्कैपनि हुन्छ । सदाबहार सामान्य देखिने वेसीशहरमा लमजुङे जीवनशैली देखिन छाडेको छ, किनकी, यतिवेला वेसीशहर बजारमा जता हेरेपनि मनाङीहरु देख्न थालेकाछन् । भौगोलिक बनावटलेमात्रै के भयो र, मनाङीको जीवनशैली, वोलीचाली र रीतिरिवाजले लमजुङ सदरमुकाम वेसीशहर बजार साँच्चै नै अहिले मनाङ सदरमुकाम चामेजस्तै बनेको छ ।
यतिवेला वेसीशहरमा लमजुङका मानिसहरु भन्दा मनाङीहरु बढी देखिन थालेकाछन् । जाडोले सताउन थालेपछि धमाधम शहरबजार झरेका मनाङीहरु आर्थिक अभावका कारण ठूलाठूला र टाढाका शहरबजारमा जान नसकेकाले लमजुङ वेसीशहर बस्न बाध्य भएका हुन् । वेसीशहरबजारको घरघरमा डेरा गरि वसेका मनाङीहरुको दिनचर्या सदरमुकाममा हुने गरेका विभिन्न कार्यक्रममा गएर, बजार डुलेर, नजिकका पर्यटकीय गाउँहरुमा घुमेर वित्ने गरेको छ । कसैकसैले भने कपडा पसल राख्नुका साथै गाउँगाउँमा बेच्न लगेकाछन् । उनीहरुले महिलाहरुले लगाउने गहना र बालवालिकाका लागि खेलौना लिएर र्सवसाधारणलाई विक्री गर्ने गरेकाछन् । त्यतिमात्र नभएर उनीहरुले विरेनुन, निरमसी, कुट्की, धुप, जिम्बू लगायतका जडिवुटीको समेत ब्यापार गर्दै आएकाछन् । आर्थिक हिसावले सम्पन्न मानिसहरु पोखरा, काठमाडौँ, चितवन लगायका शहरबजारमा गएर वसेकाछन् । अन्य शहरबजारमा भन्दा लमजुङ सदरमुकाम वेसीशहरमा नै मनाङीहरुको भीड लागेका कारण वेसीशहरवाट मनाङ जाने मुख्यद्वारा एउटा चोकको नाम मनाङी चौतारा राखिएको छ ।
मनाङका १३ वटै गाउँ विकास समितिका वासिन्दाहरु कुनै न कैनै रुपले जाडोयाममा शहरबजार झर्ने गर्छन् । गाउँमा जाडो खप्नसक्ने न्युन मानिसहरु राखेर अन्य सपरिवार सहरबजार र्झछन् मनाङका वासिन्दा । विशेषतः वेसीशहरमा खाङ्सार, टंकी मनाङ, मनाङ, ङावल, घ्यारु, पिसाङ लगायत गाविसका वासिन्दाहरु देख्न सकिन्छ । मनाङ जिल्लाको तल्लो भेग मानिएको चामे, ताचै बगरछाप, थोँचे र धारापानी गाविसका मानिसहरुभने आधा गाउँमा वस्छन् भने आधा शहरबजार झर्ने गरेका चामेका बीपी लामा वताउँछन् । वेसीशहरबजार झर्नेहरु सवैभन्दा बढी नार र फू गाविसका वासिन्दा हुन् । उनीहरु गाउँमा चारपाँच घरका लागि एक कुरुवा ब्यक्ति राखेर शहर झर्ने गरेका उनको भनाई छ ।
मनाङीहरुको वसोवासका कारण वेसीशहर बजारमा अहिले कोठा पाउन मुस्किल छ । कोठाको अभावका कारण उनीहरु २/३ घरका परिवार मिलेर वसेका छन् । 'गाउँमा जसरी वसेपनि शहरमा परिवार-परिवार मिलेर वस्दा अप्ठ्यारो नै भएको छ' नार वाट झरेर वेसीशहरमा डेरा गरि वसेकी फर्ूपा घले भन्छिन्, 'कोठा पनि पाइँदैन, पाएपनि महंगो छ, जसो तसो मिलेर वस्नै पर्‍यो नि ।' उनी गतसाल पनि वेसीशहर झरेकी हुन् ।
मनाङवाट जाडो छल्न झर्नेहरु प्रायः महिला तथा बालावलिका छन् । श्रीमान् तथा घरका छोरा मान्छेहरु रोजगारी र ब्यापारको सिल्सिलामा विदेश छन् । मनाङ जिल्लाका विकट ग्रामीण क्षेत्रहरुमा पुरुषहरु देख्न मुस्किल छ ।
ईन्सेक मनाङका प्रतिनिधि कमान गुरुङका अनुसार मनाङ जिल्लामा ९ हजार ४ सय ९५ जनसंख्या छ । ती मध्ये अधिकांशभन्दा बढी शरहजार झरेकाछन् । हिउँदको मौसम विषेश गरि पुस माघमा अत्याधिक जाडो बढ्ने भएपछि शहरबजार झरेका मनाङका वासिन्दा फागुन अन्तिमसाता र चैत महिना नलागेसम्म आफ्नो गाउँ फकिँदैनन् ।

Posted on:January 25, 2009, 2:47 am

No comments:

Post a Comment