Thursday, May 19, 2011

सिलौटो-लोहोरो ब्यवसाय संकटमा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २९ गते - लमजुङको सदरमुकाम वेसीशहरमा सीमित परिवारले गर्दै आएको सिलौटो ब्यवसाय पछिल्लोपटक संकटमा परेको छ ।
करीब तीनदशकदेखि स्थानीय दलित परिवारले आफ्नो जीवन गुजाराका लागि अंगाल्दै आएको सिलौटो ब्यवसाय महंगी र आधुनिकताका कारण संकटमा परेको हो । पुस्तौनी पेशाको रुपमा संगाल्दै वेसीशहरहको झिङ्गे खोलामा सुकुम्वासी जीवन विताउँदै आएका वसेल परिवार आफ्नो ब्यवसाय संकटमा परेपछि चिन्तित बनेका छन् । वाँच्नकै लागि लमजुङ सदरमुकाम वेसीशहरका ४८ वषिर्य शमसेर वसेल सिलौटो वनाउने पेशामा लागेका हुन् । सिलौटो र लोहोरो वनाउन चाहिने ढुंगा बगरबाट ल्याउन नपाउनु र शहरिया जनजीवनमा सिलौटोमा मसला पिँध्ने प्रचलन हराउँदै जानुले उनी लगायत सिलौटो ब्यवसाय संचालन गर्दै आएका र्सवसाधारणको पेशा संकटमा परेको हो । आफूले अंगालेको पेशा संकटमा परेपछि वाँच्न वाँच्नसमेत निकै गाह्रो भएको वसेले वताउँछन् । उनले करीब २७ वर्षेखि मर्स्याङ्दी नदीको वगरवाट ढुंगा उठाएर सदरमुकाम वेसीशहरको झिङ्गेखोलास्थित सारवजनिक जग्गामा वसेर सिलौटो ब्यवसाय अंगालेका हुन् ।
आफ्नो ब्यवसाय संकटमा पर्न थालेका कारण उनी सिलौटो वनाउने पेशा अंगाल्ने कि छोड्ने विषयमा समेत पुगेका छन् । मुस्किलले दिनमा १/२ वटा सिलौटा मात्र विक्री हुने गरेको उनको भनाई छ । '२० देखि डेढ सय रुपैयाँ प्रतिगोटा विक्ने सिलौटावाट परिवारलाई दर्ुइ छाक र्टार्न समेत मुस्किल छ' उनी भन्छन्, 'यतिको उमेरमा 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार' जस्तै सिलौटो ब्यवसाय भएको छ ।'
शुरु-शुरुमा राम्रैसंग विक्रिवितरण हुने सिलौटो तथा लोहोरो ब्यवसायलाई विशेषतः औद्योगिकरणस्तरमा विक्रीका लागि वजारमा ल्याइएका तयारी मसलाले संकटमा पारेको हो । जस्का कारण आफ्नो परिवार पाल्नु त छँदै छ, सानो घरघडेरी जोड्ने बर्षौ पुरानो चाहना अझै पुरा हुन नसकेको अर्का एक सिलौटो ब्यवसायी पञ्चबहादुर वसेल वताउँछन् । तै पनि ती परिवारहरु दैनिक ढुंगा खोज्ने र सिलौटो वनाउने काम भने छाडेका छैनन् ।
शहरिया जनजीवनमा देख्न समेत मुस्किल रहेको लोहोरो सिलौटोलाई पछिल्लो पुस्ताले झण्झटिलो ठान्ने गरेको छ । जसले गर्दा नेपाली मौलिक र जनजीवनले स्वीकारेको घरेलु औजार लोहोरो सिलौटोको चलन विस्तारै हराउने अवस्थामा पुगिसकेको छ । यसलाई संवन्धित निकायले सोँच्न जरुर देखिएको छ ।

तस्वीरमा सिलौटो कुँद्दै वेसीशरह झिङ्गेखोलाका शम्शेरबहादुर वसेल ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:January 13, 2009, 6:53 am

No comments:

Post a Comment