Tuesday, May 24, 2011

भतिजका नाउँमा पत्रकारीता अक्षयकोषको स्थापना

आश गुरङ 'प्रतीक'
akshyakosh_sthapana1लमजुङ, फागुन २७ गते - नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष श्रीकृष्ण लामिछाने र उहाँकी धर्मपत्नी दुर्गा लामिछानेले आफ्ना भतिजका नाउँमा पत्रकारीता पुरस्कारको अक्षयकोष स्थापना गरेकाछन् ।

लमजुङको भोर्लेटार गाउँ विकास समिति वडा नं। ४ गुम्बा स्थायी घर भएका लामिछाने दम्पत्तीले आफ्ना भतिज सन्तोष लामिछानेको नाउँमा पाँचहजार पाँच रुपैँयाको पत्रकारीता अक्षयकोषको स्थापना गरेका हुन् । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको माताहतमा रहनेगरि पत्रकारीता क्षेत्रमा अक्षयकोषको स्थापना गरिएको यो पहिलोपटक हो । अक्षयकोषमा राखिएका रकमवाट लमजुङका क्रियाशील पत्रकारलाई वाषिर्क रुपमा पुरस्कार वितरण गरिने नेपाल पत्रकार महासंघ लमजुङ शाखाले जनाएको छ ।

सन्तोष लामिछानेको ८ बर्षो उमेरमा २०५३ सालको फागू पूणिर्मा अर्थात आजको दिन गाडिको ठक्करवाट भोर्लेटारस्थित घरनजिकै पाखुरीचोकमा ज्यान गएको थियो ।

२०४५ सालमा बाबु गोपाल लामिछाने र आमा हिरा लामिछानेको कोखवाट जेठो छोराको रुपमा जन्मेका सन्तोष लामिछानेको बाबु आमा र एक भाइ छन् । अक्षयकोषमा राखिएका रकमलाई आज मंगलवार नै महासंघका लमजुङ अध्यक्ष किसान ुसंगीतु नेपालीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा सन्तोषका भाइ सञ्जोग लामिछानेपनि सहभागि रहेका थिए ।

Posted on:March 10, 2009, 5:35 am

No comments:

Post a Comment