Tuesday, May 24, 2011

कांग्रेस एमाले सरकार गिराउने खेलमाः मन्त्री भट्टर्राई

आश गुरुङ 'प्रतीक'
babu ram bhattrai lamjung maलमजुङ, फागुन ४ गते - नेकपा माओवादीका बरिष्ठ नेता तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टर्राईले माओवादी नेतृत्वको सरकार गिराउन प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तासिन नेकपा एमालेका केही नेताहरु लागिपरेको आरोप लगाउनुभएको छ ।
नेकपा माओवादीद्वारा आईतवार लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको पत्रकार भेटघाछ कार्यक्रममा मन्त्री भट्टर्राईले माओवादी नेतृत्वको सरकार नयाँ संविधानको निर्माण नभएसम्म कसैले चाहेर पनि नढल्ने ठोकुवा गर्नुभयो ।
यथास्थितिवादी र प्रतिगामी शक्तिहरु कोठामा वसेर जनताको संविधान निर्माण हुन नदिन चलखेल गरिरहेको वताउँदै उहाँले यस्तो खेल खेल्नेलाई सरकारवाटै परास्त गर्ने चेतावनी समेत दिनुभयो । संविधान निर्माण र शान्ति विरुद्ध कोही लागिपरे उनीहरु जनतावाट स्वतः अलग हुने उहाँको भनाई थियो ।
सरकारलाई पाकेको आँप भन्नेहरु सत्तामा वस्न नपाएकाले छट्पर्टाईरहेको वताउँदै उनीहरुको सरकार ढाल्ने खेल कहिल्यैपनि पुरा नहुने वताउनुभयो । उहाँले सरकार पाकेको सुनाको आँप भएको भन्दै कहिल्यैपनि नझर्ने वताउनुभयो ।
पत्रकारहरुले सोधेको एक प्रश्नमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्�याउनु र आर्थिक समाजिक रुपान्तरण नै सरकारको मुल दायित्वको कुरा भएको भन्दै मुलुकलाई सही दिसामा डोर्�याउन संक्रमणकालीन अर्थनीति जरुर भएको वताउनुभयो ।
लमजुङ महोत्सव २०६५ को समापन गर्न लमजुङ सदरमुकाम वेसीशहर आउनुभएका मन्त्री भट्टर्राईले पुरानो नेपालको संरचना लमजुङवाट नै भएकाले नयाँ नेपालको शुरुवात पनि लमजुङवाटै गर्नुपर्ने र यसका लागि सवै एकजुट हुनुपर्ने वताउनुभयो । बर्गीय स्वार्थका निम्ति सत्य तथ्यलाई बंग्याउँदै ऐतिहासिक तथ्यलाई स्वीकारेर बहुसंख्यक जनताको म्यानडेडको पालना गर्नुपर्ने वताउनुभयो । सवै वर्ग जातजाति र धर्म संस्कृतिको गणतन्त्र स्थापना गर्नु नै मुख्य चुनौति भएको वताउँदै हिजोका राजालाई लिएर हिँड्नेहरुको हातमा फेरि सत्ता परेमा देश नरहने समेत उहाँले ठोकुवा गर्नुभयो ।
नेपाली जनताको आन्दोलन अझै जारी रहकाले सामन्तवादको केही जरामुरा रहेकाले त्यसलाई पनि सिध्याउनका लागि उहाँले सवैलाई आग्रह गनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको बाक्यलाई सापटी लिँदै उहाँले शान्ति र विकास मुख्य चुनौति भएको वताउँदै यसका लागि अन्तिम लडाइँ अझै जरुर रहेको वताउनुभयो ।
उहाँले आज आईतवार नै निजामति कर्मचारीहरुलाई जनताको काम छिटो गर्न र जनतालाई नोकर नठान्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रम जिल्ला विकास समितिको सभाहलमा भएको थियो ।

Posted on:February 15, 2009, 7:29 am

No comments:

Post a Comment