Thursday, May 19, 2011

प्रधानमन्त्रीलाई कालोपट्टी र डोरी उपहार

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ५ गते ।
पत्रकार उमा सिंह हत्याको विरोध गर्दै लमजुङका पत्रकारहरुले आज आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोपट्टी र डोरी उपहार पठाएकाछन् ।
लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भईसक्दापनि पत्रकारहरु दिनानुदिन असुरक्षित बन्दै गईरहेको, अभिव्यक्ति र लेखन स्वतन्त्रताको अवस्था खस्कदै गईरहेकोमा विरोध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल मार्फ् प्रधानमन्त्रीलाई कालोपट्टी र डोरी उपहार पठाएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सभापति किसान 'संगीत' नेपालीले मुखमा कालोपट्टी र हातमा डोरीले बाधेर सहायक प्रजिअ अर्याललाई डोरी र कालोपट्टी हस्तान्तरण गरेका थिए । डोरी र कालोपट्टी हस्तान्तरण गर्दा सहायक प्रजिअ अर्यालले बुझ्न अस्वीकार गरेका थिए । पत्रकारहरुको आग्रहपछि उनले असजिलो मान्दै स्वीकार गरेका थिए । सञ्चारकर्मी र सञ्चार जगतमाथि भैरहेका अपराधिक र हस्तक्षेपकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेको कारण पत्रकारहरुले ज्यान गुमाउनु परेको भन्दै प्रेसविरोधी गतिविधिका विरुद्धमा जिल्लास्थित सञ्चारकर्मीले विरोध जनाएका छन् । २८ जना सञ्चारकर्मीका हत्या भैसकेको अवस्थामा एकजना पनि दोषी पत्ता लगाएर कारवाही गर्न नसक्नु सरकारको लाचारी काम भएको बताउदै त्यस तर्फसरकार सचेत र सजग रहनुपर्ने कार्यक्रमका सहभागि सञ्चारकर्मीले बताएकाछन् ।

Posted on:January 18, 2009, 7:43 am

No comments:

Post a Comment