Tuesday, May 24, 2011

भाचोक महोत्सवमा सातलाख संकलन

आश गुरुङ 'प्रतीक'
ghyabring_nach-in-bhachok-lamjung लमजुङ, माघ ११ गते - लमजुङको बाँझाखेत गाउँ विकास समिति वड नं. ६, गाउँ भाचोकमा आयोजना गरिएको प्रथम भाचोक महोत्सवमा करीब सातलाख रुपैँया संकलन भएको छ । भाचोक गाउँको विकास, पर्यटनको प्रवर्द्धन तथा गाउँको कला, प्रकृति र संस्कृतिको संरक्षण साथै गाउँमा विजुली पुर्याउनका लागि आयोजना गरिएको महोत्सवमा पाँचजनालेमात्रै एकलाख भन्दा बढी रकम चन्दा दिएकाछन् । भाचोक गाउँवाट रोजगारीको सिल्सिलामा अमेरिका पुगेका कर्पुराज गुरुङले एकलाख १० हजार एकसय १० रुपैँया साथै हङकङ पुगेका यमबहादुर गुरुङ, हर्रि्रसाद गुरुङ, छविलाल गुरुङ र सूर्य गुरुङले एकलाख ४ हजार एकसय ४१ रुपैँयाका दरले एकमुष्ठ चारलाख १६ हजार पाँचसय ६४ रुपैँया चन्दा दिएकाछन् । त्यस्तै, भाचोक गाउँ भई हाल वेसीशहर वस्दै आएको नेत्रबहादुर गुरुङले ३० हजार पाँचसय १, नारायणगढका टसबहादुर गुरुङले २० हजारर्,र् इभरग्रीन रोधीँ कल्चरका संचालक सञ्जय गुरुङले १० हजार रुपैँया चन्दा दिएकाछन् । सवै गरेर छ लाख ९० हजार पाँचसय १ रुपैँया चन्दा संकलन भएको र अझै आउनेक्रम जारी रहेको महोत्सव मुल आयोजक समितिका सदस्य मोत्रि्रसाद गुरुङले जानकारी दिनुभएको छ ।

शुक्रवारवाट शुरु भएको महोत्सब गएराती सकिएको थियो । महोत्सवमा लोपुन्मुख सती र बाह्रमासे घाँटू, कृष्ण चरित्रअर्न्तर्गत दही लिला, रोधीँ झलक, घ्याब्रे, पच्यु लगायतका नृत्यहरु देखाईएको थियो । त्यस्तै स्थानीयस्तरमा उत्पादित निगाला, लोक्ता र सिस्नोवाट निर्मित हरुतकलाका समान तथा भेडाको उनबाट बुनेका बख्खु, कम्वल लगायतका समाग्री साथै कृषि तथा जडीवुटीको पनि प्रदर्शन गरिएको थियो । संविधान सभाका सदस्य बुद्धिराम गुरुङले महोत्सवको उद्घाटन गर्नुअघि गुरुङ संस्कृति झल्कने र विद्यार्थीहरुको झाँकी तथा र्यालीले गाउँ परिक्रमा गरिएको थियो ।

स्थानीय कला संस्कृतिको संरक्षण, ग्रामीण पर्यटन प्रवर्द्धन र भाचोक गाउँलाई संसारभर चिनाउन महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका सदस्य खेमराज गुरुङले वताउनुभयो ।
ghantu_nach-in-bhachot-lamjungसमुन्द्री सतहदेखि १ हजार ६ सय ५० मीटरको उचाईमा रहेको भाचोक गाउँमा गुरुङ दलितहरुको १९ घरधुरीसहित ५७ घरधुरी रहेकाछन् । गाउँवाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल लगायत आधादर्जनभन्दा बढी हिमश्रृङ्खला साथै लालीगुराँसको मनोरम दश्यमा दर्शक तथा पर्यटक भुलेका थिए । महोत्सवमा करीब पाँचहजारले अवलोकन गरेको महोत्सव प्रचारप्रसार संयोजकर् इन्द्रबहादुर गुरुङले वताउनुभयो ।

सदरमुकाम वेसीशहरवाट उत्तरपश्चिम दिशातर्फपर्ने भाचोक गाउँ वेसीशहरवाट करीब साढे २ घण्टामा पुग्न सकिन्छ । महोत्सवले स्थानीयवासिन्दाको जीवनस्तर उकास्नका लागि र पर्यटकीय बाह्रपोखरीसम्मको पैदलमार्गका लागि प्रचारप्रसार गर्न हरेकवर्षमहोत्सवको आयोजना गरिने महोत्सव मुल आयोजक समितिका सदस्य मोत्रि्रसाद गुरुङले वताउनुभएको छ ।

प्रथम भाचोक महोत्सवको अवसरमा गुरुङ संस्कृति झल्कने घ्ाब्रिङ नृत्य र घाँटू नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:February 22, 2009, 2:10 am

No comments:

Post a Comment