Tuesday, May 31, 2011

घलेगाउँमा सुधारिएको चुल्हो प्रयोग

आश गुरुङ 'प्रतीक'
लमजुङ, जेठ २० गते ।
Lamjung ko Ghalegaun ma sudhariyako chulo prayog gardai र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङस्थित ग्रामीण पर्यटकीय घलेगाउँका वासिन्दाले सुधारिएको चुल्हो प्रयोगमा ल्याएकाछन् ।
उत्तरकन्या गाउँ विकास समिति वडा नं. १, २ र ३ नं. वडा अर्थात घलेगाउँका ६० घरधुरीमा पहिलो चरण अन्तरगत सुधारिएको चुल्हो राखिएको हो ।


धुवाँ नहुने, दाउरा कम लाग्ने, घर कालो नहुने र चिसो ठाउँमा भएकाले न्यानो हुने भएकाले गाउँमा आउने पर्यटकलाई मध्यनजर गरि सुधारिएको चुल्हो प्रयोगमा ल्याएको स्थानीयवासिन्दाले वताएकाछन् । सुधारिएको चुल्होवाट एकैपटक दालभात तरकारी सवै पकाउन सकिने भएकाले समयको खपत हुने भएकाले निकै सजिलो भएको घलेगाउँ संयुक्त आमा समूहकी अध्यक्ष कृष्णमाया घलेले वताईन् । सुधारिएको चुल्हो प्रयोगमा ल्याएपछि गाउँका अधिकांश महिलाहरु खुसी भएका अध्यक्ष घलेको भनाई छ ।


कादुरी एग्रीकल्चर एड एसोसिएसन -केएए) नाम गैरसरकारी संस्थाको पाँच/पाँच हजार सहयोगमा स्थानीयवासिन्दाले थप सातहजारसहित १२ हजारको लगानीमा स्थानीयवासिन्दाले सुधारिएको चुल्हो प्रयोगमा ल्याएको घेलेगाउँ ग्रामीण पर्यटन ब्यवस्थापन उपसमितिका सल्लाहकार संरक्षक प्रेम घलेले वताए ।


चुल्हो प्रयोगमा ल्याउँदा दाउरा कम लाग्ने, धुवाँ नहुने, पकाएको भाँडामा कालो नलाग्ने, समयको बचत साथै स्वास्थ्यलाई पनि फाईदा पुग्ने भएकाले उनीहरु सुधारिएको चुल्हो प्रयोग गर्नतर्फलागेका हुन् । 'सुधारिएको चुल्हो नराख्दा आगो बालेपछि धुवाँले आँखा फुट्ला जस्तो मात्र नभएर विरामी नै बनाउँथ्यो, भाँडा माझ्दा पनि हात कालो हुन्थ्यो' स्थानीय पुष्पा गुरुङले भनिन्, 'अहिले यी सवै समस्यावाट छुटकारा मिलेको छ र समयको पनि बचत भएको छ ।'


सुधारिएको चुल्होको प्रयोग गर्दा कम दाउरा लाग्ने भएकाले बनजंगलको पनि संरक्षण हुने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनार् इलाका कार्यालय भुजुङका प्रमुख विदुरविक्रम कुइँकेलले सुधारिएको चुल्होको प्रयोगले दाउरा कम लाग्ने हुँदा बनजंगलको संरक्षणमा टेवा पुग्ने वताए । जाडोयाममा आगो ताप्नका लागि धेरैमात्रामा दाउरा चाहिने भएकाले त्यसको साटो सुधारिएको चुल्होले हिटरको समेत काम गरेको प्रमुख कुइँकेलको भनाई छ । त्यसको अलाव सुधारिएको चुल्हो प्रयोग गरेपछि कोठा पनि न्यानो बनाउने हुँदा चिसो क्षेत्रमा अत्यान्त उपयोगि हुने वताईएको छ । अहिले गाउँका ६० घरमा सुधारिएको चुल्लो राखिए पनि अन्य घरमा विस्तारै राखिने योजना रहेको घलेगाउँ पर्यटन ब्यवस्थापन उपसमितिका अध्यक्ष खड्गधन गुरुङको भनाई छ ।

Posted on:June 3, 2009, 5:30 am

No comments:

Post a Comment