Tuesday, May 24, 2011

लमजुङमा घन्कियो 'ठाडो भाका'

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ १७ गते ।
पश्चिमाञ्चलको बहुचर्चित मानिएको तर लोपुन्मुख 'ठाडो भाका' लमजुङको सदरमुकाम वेसीशहरमा आज शुक्रवार घन्किएको छ । ठाडो भाकाकै लागि मात्र कार्यक्रमको आयोजना गरि यसको संरक्षण र संबर्द्धनका लागि पाईला चालिएको यो नै पहिलो पटक हो ।
लमुजङस्थित हिमालचुली कला साहित्य प्रतिष्ठानले सदरमुकाम वेसीशहरको जिल्ला विकास समितिको सभागृहमा कार्यक्रमको आयोजना गरेको थियो । 'ठाडो भाकामा' नामक कार्यक्रमको नाम दिएको सोक कार्यक्रमका वालवच्चादेखि बृघबृद्धासम्मले मनोरञ्जल लिए ।
ठाडो भाकाका नायक भनेर चिनिने भेडिखर्के साइँला अर्थात दीर्घराज अधिकारी र तनहुँ बन्दीपुरकी उत्तम गुरुङबीच दिनभर 'ठाडो भाका' को दोहोरी चलेको थियो । दोहोरीमा ठाडो भाका लोप हुन थालेकोले यसको संरक्षण र संबर्द्धन गर्नका लागि सवै एकजुट भएर लाग्नुपर्ने लगायतका टुक्काहरु र साथै मायाप्रेम र दैनिक जनजीवनका वार्तालात्मक अभिब्यक्तिहरुले दर्शकको मन जितेको थियो । कार्यक्रममा भेडीखर्के साइँलालाई देवी गुरुङ, कृष्ण गुरुङ, विष्णुभक्त अधिकारी, गोपाल खत्री, सृजन दुरा लगायतले साथ दिएका थिए भने उत्तम गुरुङलाई सोनी गुरुङ, दन्दमाया दुरा, टिकादेवी दुरा, सुकमाया दुरा, पदमकुमारी राना, पवित्रा थापा, मञ्जु विश्वकर्मा लगायतले साथ दिएका थिए ।
विशेषगरि ठाडो भाका 'ओर्जिनल' भाका भएकाले लोप हुन लागेका कारण यसको संरक्षण र संवर्द्धन गर्न दोश्रो लमजुङ महोत्सवको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङका अध्यक्ष आनन्द घिमिरेले वताए । उनले टिकटवाट उठेको सवै रकम 'ठाडो भाका' को संरक्षण र संवर्द्धनमा खर्च गरिने समेत वताए ।
विक्रम संवत १९७० सालतिरबाट शुरु भएको ठाडो भाका लमजुङ नेटाका देउबहादुर दुरा र कास्की मिजुरे गाविस रबैडाँडाका पञ्चैसुब्बा गुरुङले सवैभन्दा पहिले गाउन सुरु गरेका हुन । १९५० तिर जन्मेका दुरा र उनको सहयात्री गुरुङले प्रचलनमा ल्याएको यो भाका कसैले पनि गाउन सकेनन् । थोरैमात्र रोधीँघरका 'रोस्यो आमा र रोस्यो बाबाको' मुखमा झुण्डिने गरेको ठाडो भाका त्यतिवेला 'गुरुङ-दुरा भाका' ले प्रख्यात थियो । अन्ततः भेडीखर्केलेमात्रै उजागर गर्न सकेका र बिँडो थाम्ने कोही नभएकाले ठाडो भाकाको संरक्षण र संवद्धनमा लागेको प्रतिष्ठानका सचिब बेनबहादुर सुँयलले वताए वताए ।
देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले पहिलोपटक प्रचलनमा ल्याएको यो भाका पहिला केटा-केटा मिलेर गाउँथे । केटा केटा गाउँदा रौनक नआएपछि उनीहरु केटीको खोजिमा रहे । विक्रम संवत १९९१ सालतिर लक्षिमा दुरा र मैरानी गुरुङलाई उनीहरुले ठाडो भाका सिकाएका थिए । महिलाको स्वर भएपछि गीतमा थप रौनक आयो र उनीहरुको जोडि धेरै समयसम्म टिक्यो । उनीहरुको जोडी पछि 'ठाडो भाका' भेडीखर्के साइँलाले गाउन थालेका हुन ।

Posted on:January 30, 2009, 9:57 pm

No comments:

Post a Comment