Tuesday, May 24, 2011

राजुले नचाए, बिमाले रुवाए

आश गुरुङ 'प्रतीक'
बीमाकुमारी दुराले लमजुङ, फागुन ३ गते ।
लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको लमजुङ महोत्सव २०६५ ले दर्शकको मन जित्न सफल भएको छ ।
वेसीशहरको शेरास्थित दनाइँफाँटमा आयोजित महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज शनिवार संचालित लोकदोहोरी गीतले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन सफल भयो, कोही गीतको तालमा नाँचे, कोही टोलाए त कोही मन मनै गीत गुन्गुनाउन व्यस्त देखिन्थे ।
कार्यक्रमको आकर्षण बने, ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियार । लमजुङका उपज राजु परियारको सानदार प्रस्तुतिले दर्शकहरुको मन जितेको थियो । गृह जिल्लामा पटकपटक आईरहने भएपनि लमजुङका वासिन्दाले उनको प्रस्तुति हेर्न पाएका थिएनन् । राजुले लमजुङलाई पछिल्लोपटक कोट गरि सिर्जना गरि गाएको 'मर्स्याङ्दीको पानीले ........' बोलको गीत गाउँदा दर्शकहरु छम्छमी नाचेका थिए । त्यस्तै, 'मायाले मन छुन्छ.......' , 'दुराडाँडे दाइ........' गीतमा पनि दर्शकहरुले उफि्र उफि्र नाचेका थिए । उनले रुमाल धोको छु, यो खोलीको पानी कोही नखानु मैले छोको छु भन्ने गीत प्रस्तुत गर्न थालेपछि छम्छमी नाचेका दर्शकहरु भने टोलाएको थिए । सो गीत प्रस्तुत गरिसकेपछि राजुले आफूले जातियवाद र छुवाछुतका विरुद्ध सांगीतिक युद्ध लडेको बताए ।
त्यस्तै, लमजुङकै अर्को उपज बीमाकुमारी दुराले 'अगाभी कर्म......' बोलको गीत गाउन शुरु गर्न थालेपछि मञ्च अगाडि बीमालाई हेरिरहेका दर्शकहरुको आँखावाट आँशुको धारा बगेको देखिन्थ्यो । कोही आँसु थाम्न नसकेर धुरुधुरु रोएका थिए ।Nachdai रुनेमा प्रायः एकल महिला, टुहुरा र जीवनमा दुःख पाएकाहरु थिए । दर्शकको मनलाई केही हदसम्म शान्त पार्न खोज्दै 'लमजुङ तुर्लुङ कोट......' बोलको गीत गाउँदा दर्शकले बीमाको आवाजलाई छोप्दै गीत गाएका थिए । त्यही सुख 'संसारमा म रैछ दुःखी....' बोलको गीतले त्यही खुसी उडाएर फेरि दर्शकको आँखावाट आँसु झरिरहेको दृश्य साँच्चिकै मन कुँढिएको र दुःख लाग्दो देखिन्थ्यो ।
महोत्सवको आतिथ्य ग्रहण गरिरहेका कालाकार कृष्ण गुरुङ, टिकाराम घले, टिका गुरुङ लगायतको गायकगायिकाले पस्काएको सांगीतिक प्रस्तुतिले दर्शकहरुको मन जितको थियो ।
महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिताको पनि आयोजना गरिएको छ । तस्वीरः लेखक

Posted on:February 14, 2009, 4:57 am

No comments:

Post a Comment