Tuesday, May 24, 2011

लमजुङमा वाईसीएल-युथफोर्स झडप माओवादी र युथफोर्सका दर्जन कार्यकर्ता र्घाईते २ पत्रकारलाई युथफोर्सद्वारा कुटपिट

आश गुरुङ 'प्रतीक'
besishahar ma fight lay garda gaiteलमजुङ, फागुन २७ गते - लमजुङको सदरमुकाम वेसीशहर र नगरोन्मुख भोटेओडारमा आज मंगलवार साँझ माओवादीसंवद्ध वाईसीएल र एमालेसंवद्ध युथफोर्सबीच छुट्टाछुट्टै झडप भएको छ ।
झडप परेर माओवादी कार्यकर्ता र युथफोर्सका कार्यकर्ता गरि एकदर्जन भन्दा बढी र्घाईते भएका छन् । र्घाईतेमध्ये माओवादीतर्फबढी छ । वेसीशहरमा भएको झडपमा ओवादीतर्फा ८ जना भन्दा बढी र युथफोर्सतर्फा ५ भन्दा बढी र्घाईते रहेकाछन् ।
माओवादीतर्फअखिल नेपाल ट्रेड युनियन महासंघ लमजुङका अध्यक्ष शम्भूलाल श्रेष्ठ, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरि दनाइँ, केन्द्रीय सदस्य नानुमाया पराजुली, माओवादी जिल्ला सल्लाहकार ठाकुर पौडेल, ब्यवसायी बासु पन्त लगायत र्घाईते छन् । र्घाईतेमध्ये श्रेष्ठ र दनाइँको अवस्था चिन्ताजनक छ । त्यस्तै युथफोर्सको कुटपिटवाट क्रान्तिकारी पत्रकार संघ लमजुङका संयोजक बासुदेव थापा र नेपाल पत्रकार महासंघ लमजुङका सहसचिव नवीनराज कुइँकेल र्घाईते भएका छन् । घाइेत श्रेष्ठ, दनाइँ र पत्रकार थापको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ लगिएको छ । कुइँकेलको अवस्था भने सामान्य छ ।
पत्रकारहरुमाथि कुटपिट गरिएकामा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपाल लमजुङ शाखाले घोर भर्त्सना गरेको छ ।
युथफोर्सतर्फजिल्ला सहसंयोजक गोविन्द वस्नेतबाहेक अरु सामान्य छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । वाईसीएल आक्रमणवाट वस्नेतको बा १० प ६०८६ नं. को मोटरर्साईकलमा क्षति पुगेको छ ।
वाईसीएल र युथफोर्सबीच सुन्रबजारको कृषिक्याम्पसमा हिजो भएको स्ववियू चुनाबको विषयमा भनाभन भएपछि झडप शुरुवात भएको हो । एकछिनको झडपपछि भोटेओडारमा आएर वाईसीएलका कार्यकर्ताले युथफोर्सका उपध्यक्ष वस्नेतसहित वेसीशहरवाट गएका युवाहरुमाथि आक्रमण गरेका थिए । सोही विषयलाई लिएर युथफोर्सका कार्यकर्ताले माओवादी कार्यकर्तालाई वेसीशहरमा कुटपिट गरेका हुन् ।
लमजुङ सदरमुकाम वेसीशहरको स्थिति आज मंगलवार साँझसम्म तनवपूर्ण छ ।

Posted on:March 10, 2009, 8:26 am

No comments:

Post a Comment