Tuesday, May 24, 2011

सिउरुङमा निःशुल्क स्वास्थ्य शिविर

आश गुरुङ 'प्रतीक'
sibir-in-lamjung1लमजुङ, फागुन १८ गते - लमजुङको पर्यटकीय गाउँ सिउरुङमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
लमजुङ जिल्ला सामुदायिक अस्पताल र रोटरी क्लब अफ लमजुङको आयोजनामा गरिएको स्वास्थ्य शिविरवाट तीनसय पाँच जना विरामीले सेवा पाएकाछन् ।
शिविरमा सामान्य १ सय ८४, आँखाको ७७, दाँतको ३९, महिला संवन्धि ५ जना विरामीलाई सेवा प्रदान गरिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँले जानकारी दिनुभयो । जसमध्ये खुदी गाविसका १ सय ८८ र ताघ्रिङ गाविसका १ सय १३ साथै अन्य ४ जना र्सवसाधारणले सेवा लिएका छन् ।sibir-in-seurung स्वास्थ्य शिविरमा देखिएका ५ जना मोतियाविन्दुका विरामीलाई तत्काल पोखरा लगेर हिमालय आँखा अस्पतालमा निःशुल्क उपचार गराईएको छ ।
सर्वोदय सेवाश्रम, रोटरी क्लब अफ द हिमालयन गोर्खाज, शिलादेवी युवा क्लब सिउरुङ, जनविकास आमा समूह सिउरुङ लगायतको सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा जिल्ला सामुदायिक अस्पताल लमजुङका डाक्टर आशिष श्रेष्ठ लगायतको टोली खटिएको थियो । निःशुल्क स्वास्थ्य शिविर सिउरुङस्थित लताकुञ्ज निम्न माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।

Posted on:March 1, 2009, 7:18 am

No comments:

Post a Comment