आश गुरुङ 'प्रतीक'

विशेषगरि बसन्त ऋतुमा फुल्ने लालीगुराँस शिशिर ऋतुको शुरुवातसंगै फूल्न थालेपछि युवायुवतीहरु त्यसतर्फआकषिर्त हुन थालेकाछन् ।
लमजुङको ६१ वटै गाउँ विकास समितिमा यतिवेला लालीगुराँस फूलेको छ । विशेषतः लमजुङको पनि उच्च क्षेत्रका वनजंगल तथा लेकहरुमा लालीगुराँस फूलेको हो । अन्य ठाउँका भन्दा उच्च ग्रामीण भेगमा वस्ने गुरुङ समुदायका युवायुवतीहरु लालीगुराँससंग आकषिर्त भएका हुन् । उनीहरु के फुर्सद् के बेफुर्सद, नजिकैको वनजंगलमा जान्छन् र लालीगुराँस टिपेर ल्याउँछन् । कोही घाँसदाउरा टिप्ने निहुँमा गएर दिनभर लालीगुराँस टिप्छन्, आफ्ना साथीहरुलाईपनि पठाउँछन् र आफ्नो कोठा वा घर पनि सजाउँछन् । गुराँस फूल्ने वित्तिकै वनजंगलमा गएर समूहमा फूल टिप्ने अनि लुकामारी खेल्ने ग्रामीण भेगको चलन पहिल्यैदेखिको हो । 'साथीहरु समूहमा भएर गुराँसका फूल टिपि संगै लुकामारी खेल्दा ज्यादै रमाईलो हुन्छ' पर्यटकीय भुजुङ गाउँकी एक गुरुङसेनी युवती भन्छन्, 'चैतमा फूल्ने लालीगुराँस फागुनमै फूलेकाले साथीहरुमा थप खुसीयाली छाएको छ ।'

लमजुङमा पनि लालीगुराँसको खानी भनेर केही गाविसहरुलाई मात्र चिनिन्छ । पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ, पसगाउँ, सिउरुङ, भुल्भुले, नाल्मा लगायतका गाविसहरु लालीगुराँसको खानीले चिनिन्छ । ती गाउँका युवायुवतीहरु लालीगुराँस फुल्न थालेपछि आ-आफ्नो पोषाकमा सजिएर बनजंगलमा जाने र लालीगुराँस टिपेर ल्याउने गर्छन् । कोहीकोही त लालीगुराँससंग रमाउन र दृश्यावलोकन गर्नकै लागि बनजंगल तथा लेकहरुमा वास समेत वस्छन् ।
Posted on:February 19, 2009, 4:16 am
No comments:
Post a Comment