Thursday, May 19, 2011

जनकल्याणको सधारणसभा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २६ गते ।
लमजुङको सदरमुकाम वेसीशहरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको दोश्रो साधारणसभा आज शानिवार सम्पन्न भएको छ ।
वेसीशहरको मनाङ्गै चौतारास्थित तमु आमा समूहको भवनमा भएको साधारण सभालाई संवोधन गर्दै डिभिजन सहकारी कार्यालय, तनहुँका प्रमुख जीवन ज्ञावलीले सहकारीलाई मागिखाने भाँडाको रुपमा प्रयोग गर्न नहुने वताउनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष रणबहादुर गुरुङ, तमु छोँज धीँ लमजुङका सचिब ताराराज घले, सेती गुरुङ, लिलिजंग गुरुङ, लगायतले सहकारीले न्यून आयस्तर भएकाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
सभामा संचालक समितिका कोषाध्यक्ष मिलबहादुर गुरुङले आर्थिक वर्ष०६४/६५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सचिब वेलबहादुर गुरुङले चालु आर्थिक वर्षो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संचालक समितिका अध्यक्ष रनजंग घलेको अध्यक्षतामा भएको थियो ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०६४/६५ मा नौ करोड, ८० लाख ७४ हजार तीनसय दुई र चालु आर्थिक वर्षो मंसिर महिनासम्म पाँच करोड २३ लाख ८८ हजार एकसय ५२ गरि १५ करोड चार लाख ६२ हजार चारसय ५५ रुपैँयाको आर्थिक कारोवार गरेको कार्यालयका प्रवन्धक शक्तिराज गुरुङले जानकारी दिनुभएको छ । संस्थामा हाल महिला आठसय ६५, पुरुष चारसय ८०, कुमारी दुईसय ७८ र वाल एकसय ७८ गरि एकहजार आठसय १ जना सदस्य छन् ।

Posted on:January 10, 2009, 7:19 am

No comments:

Post a Comment