आश गुरुङ 'प्रतीक'
लमजुङ, चैत २९ गते । 
मध्यमर्स्याङ्दी जलविद्युत परियोजना अन्तर्गतको छरछिमेक सहयोग कार्यक्रमको तीन करोड दुईलाख ९१ हजार रुपैँयाको लागतमा निर्मित भवनको मन्त्री भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।
हाल मध्यमर्स्याङ्दीको पावरहाउस रहेको सिउडीवारमा रहेको विद्यालय विस्थापित भएपछि भोटेओडारमा भवन निर्माण गर्न परियोजनाले सहयोग गरेको हो । ४७ कोठा रहेकाको सो विद्यालयको भवनमा २८ वटामा विद्यार्थीका लागि कक्षा संचालन हुँदै आएको छ भने बाँकीमा सभाहल, प्रयोग शाला, ल्याब, कम्प्युटर लगायत रहेकाछन् । सो भवन निर्माण र अन्य शैक्षिक तथा अन्य भौतिक सामाग्री खरिदका लागि विद्यालयलाई मध्यमर्स्याङ्दी जलविद्युत परियोजना अन्तर्गत छरछिमेक सहयोग कार्यक्रमले तीनकरोड ५२ लाख नौ हजार रुपैँया आर्थिक सहयोग गरेको थियो । विद्यालयमा हाल प्रावि, निमावि, मावि र उच्च मावि गरि करीब ११ सय विद्यार्थी अध्ययनरत छन् ।
Posted on:April 11, 2009, 7:29 am
No comments:
Post a Comment