Saturday, May 28, 2011

जनमुक्ति सेनाका स्वास्थ्य इन्चार्जहरुद्वारा अस्पतालको अवलोकन

आश गुरुङ 'प्रतीक'
Lamjung ko hospila ma visit gardaiलमजुङ, चैत १९ गते - जनमुक्ति सेनाको २८ वटा शिविरहरुमा कार्यरत स्वास्थ्यर् इन्चार्जहरुले लमजुङ जिल्ला सामुदायिक अस्पतालको अध्ययनभ्रमण गरेकाछन् ।


सामुदायिक स्वास्थ्य संस्थाले र्सवसाधारणलाई दिएको सेवाको प्रक्रियावारे बुझ्न स्वास्थ्यर् इन्चार्जहरु अध्ययन भ्रमणमा आएका हुन् ।
लमजुङ जिल्ला सामुदायिक अस्पतालले दिईरहेका सेवाहरु काठमाडौँको कुनै सुविधासम्पन्न अस्पतालबाट उपलब्ध हुने सेवाहरुसरह भएको अध्ययनपछि स्वास्थ्यर् इन्चार्जहरुले वताएकाछन् । उनीहरुले लमजुङ जिल्ला सामुदायिक अस्पतालले र्सवाधारणलाई दिईरहेका सेवासुविधा अनुरुप आफ्नो शिविरमा पनि कार्य संचालन गर्ने भ्रमणमा सहभागीहरुले वताएकाछन् ।


अस्पतालको ब्यवस्थापनपक्ष साथै सेवा सुविधा, नीति नियम र निःशुल्क स्वास्थ्य र निशुल्क आमा सुरक्षा कार्यक्रम लगायतका वारेमा अस्पताल संचालनको जिम्मा पाएको मानव विकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक डाक्टर तीर्थ थापाले जानकारी गराउनुभएको थियो ।
अस्पतालको अध्ययनभ्रमणपछि टोलीले सेवा सुविधाको वारेमा राम्रो प्रतिक्रिया दिँदै ब्यवस्थित र नमुना रहेको वताएको अस्पतालका जनसर्म्पर्क अधिकृत दशरथ धितालले जानकारी दिनुभएको छ ।


अन्तराष्ट्रिय गैरसरकारी संस्था जीटीजेडको आर्थिक सहयोगमा जनमुक्ति सेनाका स्वास्थ्य कमाण्डरहरुले देशभरका चारवटा स्वास्थ्य संस्थामामात्रै अध्धयन र भ्रमण गर्नेछन् ।


लमजुङ जिल्ला सामुदायिक अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानव विकास तथा सामुदायिक सेवाबीच भएको दुर्इपक्षीय सम्झौता अनुरुप नीजि तथा साझेदारी नीति अनुरुप संचालन भईरहेको छ ।
Lamjung samudayik hospital

Posted on:April 1, 2009, 4:40 am

No comments:

Post a Comment