Saturday, May 28, 2011

नमुना घलेगाउँमा पहिलोपटक विजुली

आश गुरुङ प्रतीक
लमजुङ, जेठ ११ गते- सार्क राष्ट्रकै नमुना गाउँ भनेर चिनिने लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा पहिलोपटक विजुली बलेको छ ।

Khusiyalimanachdai
तस्वीरमा आफ्नो गाउँमा विजुली बलेको उपलक्ष्यमा नाच्दै घलेगाउँका युवतीहरु । तस्वीरः आश गुरुङ प्रतीक
पर्यटन ब्यवस्थापन उपसमिति-ग्रामीण पर्यटन घलेगाउँ, घलेगाउँ संयुक्त आमा समूह,कन्याज्योति युवा क्लब, घलेगाउँ बाबा समूह र जिल्ला विकास समिति लमजुङको सहयोगमा घलेगाउँका एकसय १५ घरधुरीमा विजुली बालिएको हो । विजुली बाल्नका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातलाख, उत्तरकन्या गाविसले तीन र स्थानीयवासिन्दाले दुर्इलाख सहयोग गरेका घलेगाउँ पर्यटन ब्यवस्थापन उप-समितिका सल्लाहकार संरक्षक प्रेम घलेले जानकारी दिनुभएको छ । २०५७ सालमा पहिलोपटक घलेगाउँ महोत्सव मनाएदेखि गाउँमा विजुली बाल्ने चाहना बोकेका घलेगाउँका वासिन्दाले नौ वर्षछि मात्रै विजुलीको उपभोग गर्न पाएकाछन् । घलेगाउँमा विजुली बलेपछि गएराती र आज दिनभर स्थानीयवासिन्दाले गाउँमा नाचगान गरेर रमाईलो गरेकाछन् ।
घलेगाउँमा विजुली बलेपछि स्थानीयवासिन्दाले रंगीन टेलिभिजन, क्यासेट प्लेयर, डेक लगायतका सामान साथै टेलिफोन लगेर प्रयोग गरेकाछन् भने खाना पकाउन र जाडो छल्न साँझपख बाल्ने हिटर समेत लगेकाछन् । गाउँ नजिकै मोटरवाटो समेत पुगेको घलेगाउँमा विजुली वलेपछि पर्यटकलाई धेरै सुविधा पुग्ने छ ।

Posted on:May 25, 2009, 8:02 am

No comments:

Post a Comment