Thursday, May 19, 2011

घर छाउने खर काट्न भीरभीरमा र्सवसाधारण

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २८ गते ।
लमजुङका विकट ग्रामीण क्षेत्रहरुका यतिवेला घर छाउन प्रयोग गरिने खर काट्नका लागि सर्बसाधारणको घुइँचो लागेको छ ।
ज्यानको वाजी राखेर अहिले लमजुङका ग्रामीण क्षेत्रमा वसोवास गर्ने सर्वसाधारणहरु भीरमा गएर घर छाउने खर काट्न ब्यस्त छन् । विशेषगरि उत्तरपश्चिम लमजुङको भुजुङ, पसगाउँ, भोँजे साथै पूर्वी लमुङको दूधपोखरीर्,र् इलमपोखरी, विचौर लगायतका गाउँ विकास समितिमा खर काट्ने गरिन्छ ।
ग्रामीण भेगका र्सवसाधारणहरुको आर्थिक अवस्था नाजुक भएका कारण जस्ता पाताले घर छाउन नसक्दा उनीहरु गाउँका भीरपाखामा खर काट्न बाध्य भएका हुन् । पुराना घरहरु ढुङ्गाले छाएपनि नयाँ घरहरु छाउन ढुङ्गाका खानीहरुमा घर छाउने ढुङ्गा प्रशस्त मात्रामा नभएकाले ज्यानको बाजी राखेर खर काट्न बाध्य भएका स्थानीयवासिन्दाको भनाई छ । मुस्किलले ढुङ्गा पाएपनि वढी खर्चिलो भएपछि गरिब तथा र्सवसाधारणहरु खरले घर छाउन वाहेक अर्को विकल्प नरहेको उनीहरुको भनाई छ । ज्यानलाई जोखिममा राखेर भीरमा खर काट्न र बोक्न गएपछि साँझ खर फर्किने या नफर्किनेमा शंका समेत उत्पन्न हुने थालेको छ । लमजुङका ग्रामीण भेगका अधिकांस घरहरु खरले छाएका छन् ।
घर छाउनका लागि प्रयोग हुने खर सजिलै पाउन सक्ने वस्तु होईन । 'विहान सवेरै उठ्नु पर्छ र जानु पर्छ भीरमा' भुजुङ गाउँ विकास समितिस्थित कमागाउँका रनबहादुर गुरुङ भन्छन्, 'खर काटदा काट्दै कहिले त भीरवाट खसेर ज्यान जाला जस्तो हुन्छ ।' उनले वर्षौदेखि भुजुङको तल्हृयू भीरमा खर काट्दै आएका छन् ।
सदरमुकाम वेसीशहरदेखि करीब १ दिन लाग्ने भुजुङ गाविसको कमागाउँमा करीब ३० घर छन् । उनीहरुले वर्षौँदेखि तल्हृयूभीरमा घर काट्दै आएका छन् । त्यतिमात्र नभएर भुजुङ गाउँका कतिपयले पनि सोही भीरवाट खर काटेर आफ्नो घर छाएका छन् ।
भुजुङको तल्हृयूभीर यस्तो ठाउँ हो, जहाँ ब्यक्ति तथा घरपरिवारको छुट्टा छुट्टै खर काट्ने ठाउँ छ । एउटा परिवारले वर्षौदेखि काट्दै आएको ठाउँमा अरु कसैले खर काट्न नपाउने प्रावधान छ । कसैले अटेरी गरि अरुले काटेको ठाउँमा जो कसैले खर काटेमा कार्वाही गरिने प्रचलन छ ।
करीब दुईदशक अघि लमजुङका ग्रामीण क्षेत्रहरु प्रायः खरले छाएको देखिन्थ्यो । अहिले पनि नदेखिने होईन, धेरैजसो जस्तापाताले छाएको देखिन्छ । तर पनि लमजुङका ग्रामीण क्षेत्रहरुमा खरले नछाएको कुनै पनि गाउँ छैन । हरेक गाउँमा एउटा न एउटा घर खरले छाएकै छ ।
अरु ठाउँमा खरको प्रयोग गरिएपनि पसगाउँवासीहरु घर छाउनका लागि बाबियोको प्रयोग पनि गर्छन् । उनीहरुलाई खर तथा बाबियो काट्न धेरै टाढा जानु पर्दैन । तर, खर काट्ने ठाउँवाट खसेमा वाँच्न सक्ने कुनै आधार नरहेको स्थानीयवासीहरु वताउँछन् ।
लमजुङका वासिन्दा घर छाउनका लागि मात्र खर प्रयोग गर्दैनन् । उनीहरु बर्षो गोठ छाउनका लागि पनि खर प्रयोग गर्छन् । यसैगरि, धन्सार, टौवा, घट्टा लगायत अरु सानातिना घरहरु छाउन पनि खरलाई प्रयोगमा ल्याईन्छ ।

No comments:

Post a Comment