Tuesday, May 24, 2011

मख्खै परे लमजुङे

आश गुरुङ 'प्रतीक'
चरीदादा Gatam Saptkotaलमजुङ, माघ २८ गते ।
'सायद यसरी कहिल्यैपनि हाँसेको थिइन मैले' वेसीशहरस्थित ओम आर्टस्का संचालक ओमकुमार श्रेष्ठले भने, 'हाँस्दाहाँस्दा आँसु नै आयो'
उनलाई हाँसो मात्रै लागेन, तीनछक परे पनि उनी । छक्क नपरोस् पनि कसरी, उनले नाम नै नसुनेको चराको आवाज एक कलाकारले निकालिदिएपछि । चरीको भिन्नभिन्नै आवाज एउटै ब्यक्तिवाट सुनेपछि विकट दूधपोखरीकी पञ्चमाया घलेपनि टोलाईन् । आफ्नो गाउँमा देखिने गरेका चराचुरुङ्गीको आवाज दुरुस्तै निकालेपछि कलाकारलाई भेट्ने धेरै चाहना गरिन् उनले । र उनले भेटेरै छाडिन् ।
यो अवसर थियो लमजुङ महोत्सव २०६५ को । यो प्रस्तुति लमजुङका वासिन्दालाई नितान्त नौलो अनुभूति भयो । उनी आउने भनेपछि लमजुङमा एकप्रकारको नौलो आभाषपनि छाएको थियो । टेलिभिजनमा देखिने गरेका र रेडियो एफएममा नाम सुन्ने गरेका शुभचिन्तकहरु उनी आउनेभनेपछि विकट ग्रामीण क्षेत्रवाट सदरमुकाम वेसीशहर झरेका थिए । उनी थिए, गौतम सापकोटा अर्थात 'चरीदादा' ।
सँधै घाँसदाउरा र मेलापात गर्नुपर्ने परिस्थितिलाई एकदिन छाडेर सदरमुकाम झरेका विकट ग्रामीण क्षेत्रका वासिन्दा चरीदादाकै कारण अन्य दिनपनि महोत्सवमा सहभागी बने । गौतमले विरालोको आवाजमा गीत गाउनु तथा बकुल्ला र भ्यागुताको दोहोरी गीत उनको लागि सजिलो थियो । तर, दर्शकले सजिलोको अनुभूति गरेनन्, कतिपय दर्शकले उनको प्रस्तुति र अभिनयलाई डाह पनि गरे ।
मनाङको तिल्चेवाट आएका पुष्पबहादुर गुरुङले भने, चरीदादाको प्रस्तुति हेर्दाहेर्दै दिन गएको चालै पाएन ।' हजारौँ दर्शकमाझ चरीदादाप्रतिको उनको प्रभावले नजिकैका दर्शकलाई मनमस्तिष्कलाई पनि एकप्रकारको चाहना पैदा गरायो । तर, उनी मनाङ फर्किनुपर्ने बाध्यताका कारण चरीदादालाई भेट्ट भने पाएनन् । उनी थोँचेस्थित हिमज्योति प्राथामिक विद्यालयका शिक्षक तथा बीपी तरुण युवा क्लबा अध्यक्ष हुन् ।
लमजुङ महोत्सव २०६५ को आकर्षको रुपमा चरीदादा देखापरे । एकदमै नौला र नयाँ विधामा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल गौतम सापकोटा यस्तो एउटा ब्यक्ति हुन्, उनले एकसय ५१ वटा चरा र ७ वटा जनावरको आवाज कष्ठस्त सुनाउन सक्छन् ।
मकवानपुरको गढी गाविस ९, मनकामनामा जन्मिएका २७ वषिर्य सापकोटाले यसैवर्षात्र १२ वटा महोत्सवमा आफ्नो प्रस्तुति देखाईसकेकाछन् । अहिलेसम्म ५१ जिल्ला घुमेका सापकोटा साढे सातहजार पटक आफ्नो प्रस्तुति प्रदर्शन गरेको दावी गर्छन् ।

Posted on:February 10, 2009, 6:48 am

No comments:

Post a Comment