Saturday, May 28, 2011

लमजुङ अब लोक-पपतिर

आश गुरुङ 'प्रतीक'
lamjungnews@gmail.com
Sajak बैशाख ८ गते ।
कला र संस्कृतिको राजधानी मानिने लमजुङ सांगीगित क्षेत्रमा पनि निकै अगाडि छ । अहिलेका जल्दाबल्दा लोकदोहोरीका गायक राजु परियारदेखि बिमाकुमारी दुरा र युक्त गुरुङदेखि कृष्ण गुरुङले लोक सँस्कृतिको क्षेत्रमा धेरै योगदान गरेकाछन् । करीब दुईदशकदेखि लोकदोहोरीवाट लमजुङलाई चिनाईरहेका यी कलाकारहरु लमजुङका श्रष्टा हुन्, राष्ट्रकै अमुल्य नीधि हुन् ।
पश्चिमाञ्चलमा बहुचर्चित मानिएको लोक भाका लमजुङवाट नै उत्पति भएको मानिन्छ । लोक तथा दोहोरी गीतको खानी मानिएको लमजुङ पछिल्लोपटक लोकपपतिर पनि ढल्किन थालेको छ । लोक गीत गायन क्षेत्रमा आफ्ना पहिचान बनाएका श्रष्टालाई पछिल्लो पटक लमजुङका युवायुवतीहरुले पछ्याउँदै पनि आएका छन् । एउटा कुनै अवसर, जहाँ कार्यक्रम नहुने कुनैपनि ठाउँ हुँदैन । त्यसमा पनि मानिसहरुको जमात देखिने सदरमुकाम वेसीशहरमा कुनै चाड र अवसर आउने वित्तिकै स्थानीय युवायुवतीहरु जुट्छन् अनि गीत गाउन र नाच्न थाल्छन् ।
दशैँ होस् या तिहार, ल्होसार होस् या नयाँ बर्षअनि अन्य अवसर किन नहोस्, लोक-पपका गीत गाएर लमजुङ्गेलाई मनोरञ्जन दिन युवायुवतीहरु पछि पर्दैनन् । युवाहरुमाझ पनि कलाकारहरुको यो समूहको छुट्टै पहिचान छ । दिनभर सवै आ-आफ्ना काममा ब्यस्त रहेपनि कार्यक्रम हुने वित्तिकै एकजुट हुनु उनीहरुको विशेषता हो ।
वेसीशहरमा सजक चुँडाल, हुमेन्द्र गुरुङ, श्रृजना श्रेष्ठ, मिरिन गुरुङ, भारती घले, मणीप्रसाद गुरुङ, बुद्ध गुरुङ, करण गुरुङ, विक्रम जोशी लगायतका लोक-पप तथा पप गीत गाउने कलाकारहरु छन् । यी मध्ये सजक चुँडाल जल्दाबल्दा गायक पनि हुन् । उनी कुनै पनि कार्यक्रममा जाने वित्तिकै सवैले गीत प्रस्तुत गर्न आग्रह गर्छन् र वातावरण हेरेर उनी गीत गाउन पनि पछि पर्दैनन् । उनको स्वर सुन्ने जो कोही पनि मख्ख पर्छन्, र भन्छन्, 'वान्स मोर सजक ।'
पप गीतको इतिहास लमजुङको लागि नौलो हो, भर्खर कोरिँदै छ पनि । अहिलेसम्म लोकगीत र दोहोरीमा रमाईरहेका लमजुङका वासिन्दाले पछिल्लोपटक पप, लोक-पप र लोक आधुनिक गीत पनि रुचाएका छन् । त्यसैलाई मध्यनजर गरेर यी युवायुवतीहरुले नयाँ वर्षो अवसरमा शुभकामना सहित 'अनप्लगट् नाईट' नामक सांगीतिक साँझ कार्यक्रमको संचालन गरे । कर्न्र्सटमा सजक चुँडालले मात्रै १३ वटा गीत प्रस्तुत गरेका थिए । उनकै रचना र संगीत रहेको 'विर्सु भन्छु' र मुटु चोरी लानेलाई' गीत प्रस्तुत गर्दा दर्शकहरु छम्छमी नाचेका थिए । उनलाई संगीतर्फजर्मनी नागरिक उटनले वेश गिटारमा, मणी प्रसाद गुरुङले ड्रम साथै बुद्ध गुरुङ, करण गुरुङ र विक्रम जोशीले गिटारमा साथ दिएका थिए । समूहका अन्यले गायन तथा नृत्यमा साथ दिएका थिए । कार्यक्रममा चारवटा नृत्यसहित २५ वटा आईटम प्रस्तुत गरिएको थियो ।
एकताका लमजुङमा 'मर्स्याङ्दी ब्याण्ड' नामक समूहको निकै चर्चा थियो । २०५५/५६ सालतिर 'डाँडापारि हिमाल' बोल लगायतका गीतलाई अडियो एल्बममार्फ दर्शकसामु प्रस्तुत गरेका थिए ती समूहले । एकातिर मर्स्याङ्दी ब्याण्ड चर्चामा रहँदा त्यही संगसंगै 'लिटिल रोजेस' ब्याण्ड पनि आयो लमजुङमा । मर्स्याङ्दी ब्यण्डका सदस्यहरु पछिल्लोपटक त्यतिकै पलायन भए, लिटिल रोजेसका भोकलिष्ट सजक चुँडाल बाँकी रहे । उनले 'लिड' गरेर नै अहिले लमजुङ सदरमुकाम वेसीशहर लगायतका ठाउँमा कर्न्र्सट तथा सांगीतिक कार्यक्रमहरु हुँदै आएको छ । उनी अहिले आफ्नो एकल एल्बम निकाल्ने तयारीमा समेत जुटेकाछन् ।

Posted on:April 21, 2009, 3:34 am

No comments:

Post a Comment