Thursday, May 19, 2011

लमजुङको आलुमा डढुवा रोग किसानहरु चिन्तित

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २५ गते ।
पहाडी जिल्ला लमजुङमा खेति गरिएका आलुमा पछिल्लोपटक डढुवा रोग लाग्न थालेको छ ।
केहीवर्षता लमजुङमा अत्याधिक चिसो बढ्नुका साथै सितलहर र मौसममा खराबपन उत्पन्न भएपछि आलुमा डढुवा रोग लागेको हो । डढुवा रोगका कारण खेतवारीमा लगाईएका आलु फल नदिँदै धमाधम मर्न थालेपछि किसानहरु निकै चिन्तित बनेकाछन् ।
डढुवा रोगका कारण लमजुङको सुन्दरवजार, तार्कुघाट, वेसीशहर, गाउँशहर, बाँझाखेत, भोर्लेटार, सोतिपसल, भोटेओडार लगायत गाविसका आलु कालो भएर मरेका किसानहरुले वताएकाछन् । अत्यन्तै चिसो र ओसिलो र सितलहरले गर्दा आलुमा वर्षोनी डढुवा रोग देखा परेको कृषि विकास कार्यलय लमजुङले जनाएको छ । आलुमा डढुवा रोग लागिसकेपछि नियन्त्रण गर्न कठिन भएकाले आलुको पात डढेको देखिनासाथ यसको रोकथामका लागि 'क्रिल्याक्सिल गोल' नामक रासायनिक औषधी र्छकन कृषि विकास कार्यालयले सुझाब दिएको छ । त्यस्तै, आलुमा रोग लाग्नु अघि नै आलुमा इन्डोफिल एम ४५, किसान एम ४५, सूर्य एम ४५, ईथिन, लगायतका रासायनिक औषधि र्छकन पनि सुझाब दिईएको छ ।
लमजुङमा एमएस, कार्डियल, डेजिरे, जनकदेव टीपीएस, कुप्रिज्योति लगायतका आलु खेति हुने गरेको छ । केहीवर्षघि सम्म राम्रै फल दिने गरेको आलुमा पछिल्लोवर्षरुमा सितलहर र चिसो बढेकाले सहन नसकेर आलुमा डढुवा रोगको महामारी नै फैलिएको कृषि विकास कार्यलयका बाली संरक्षक अधिकृत रमेश चन्द्र सुवेदीले वताए ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा एक हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । करिब १४ हजार मेटि्रक टन आलु उत्पादन हुने लमजुङमा आलुका माग राम्रो भएता पनि रोगब्याधी र विविध कारणले ब्यवसायीक रुपमा उल्लेखिनीय मात्रामा आलु खेती गरिएको छैन । जस्ले गर्दा लमजुङको आलु अन्य जिल्लामा निर्यात हुन त परै जाओस्, अन्य जिल्लावाट आयात हुने गरेको छ ।

Posted on:January 9, 2009, 8:32 pm

No comments:

Post a Comment