आश गुरुङ 'प्रतीक'

शहरमा वसेर गाउँको विषयमा सञ्चारमाध्यममार्फ देशविदेमा फैलाउनका साथै ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको स्वार्थका लागि काम गरेको एक कर्मठ ब्यक्तिको रुपमा प्रस्तुत भएको भन्दै स्थानीय आमासमूहले उनको स्वागतार्थ गएराती नाचगान गरेका हुन् । ब्यक्तिगत कार्यको सिल्सिलामा आफ्नो गाउँ भुजुङ गाविसस्थित कमागाउँ पुगेका गुरुङको स्वागतार्थ करीब ३० जनाको समूहमा आएका आमा समूहले दहीमा भिजाएको चामल र फूलपाती लगाईदिएका थिए । आमा समूहको स्वागताको मुल्य भन्दै गुरुङले एकमुष्ठ एकहजार एकसय एक रुपैँयासहित करीब दर्ुइहजार रुपैँया आमा समूहलाई प्रदान गरेकाछन् ।
तराइमा पत्रकारहरु असुरक्षित भईरहेको वेला लमजुङमा भने पत्रकारहरु सवैको मायाको पात्र बनेकाछन् । पत्रकारहरु गाउँगाउँमा जाँदा स्वागतार्थ फूलमाला लगाईदिनु नौलोको विषय भएपनि स्वागतार्थ रातभर नाचगान गरेको यो पहिलोपटक हो । 'पत्रकारलाई औपचारिक रुपमा स्वागत गर्ने आमा समूहको ठूलो धोको थियो, तर चान्स नै मिलेन' कमा आमा समूहकी अध्यक्ष पर्ूण्ा कुमारी गुरुङले भनिन्, 'घर आएपनि तत्काल फर्किने भएकाले यो मौका छोपेका हौँ ।' उनीहरुले विगतदेखि वर्तमानसम्म आमा समूहले गरेका कामका वारेमा पनि सुनाए ।
गाउँको विकासका लागि आमा समूहको कुनै विकल्प नरहेको कमा आमासमूहले प्रष्ट पारेको छ । आमा समूहले गाउँवाट मेलापात तथा खेतमा जाने वाटो बनाएकाछन् भने धाराहरु पनि निर्माण गरेकाछन् । त्यस्तै मर्दापर्दा चाहिने भाँडाकुँडापनि किनेकाछन् । त्यसले गर्दा समाजमा धेरै समस्याको समाधान गर्न सकिने अध्यक्ष गुरुङको भनाई छ । गाउँमा जस्तोसुकै काम पर्दापनि आमासमूह मिलेर सहयोग गर्नु नै उनीहरुको विशेषता हो । आमा समूहले गर्दा नै गाउँको विकास दिनानुदिन चुलिँदै गएको स्थानीय तेजकुमारी गुरुङको दावी छ ।
कमा गाउँका आमा समूह एकजुट भएर गाउँको विकास गर्न लागि परेकाछन् । सदरमुकाम वेसीशहरवाट एकदिन लाग्ने कमागाउँका वासिन्दा चेतनाको हिसावमा धेरै पछाडि छन् । त्यही गाउँमा जन्मेका पत्रकार गुरुङले बाहेक अहिलेसम्म कसैले पनि प्रवेशिका पास गरेका छैनन् । एउटा गरीब परिवारमा जन्मेर पनि गाउँसमाज र देशको सेवा गरेर दामभन्दा नाम कमाएको आमासमूहको ठहर छ ।
Posted on:February 12, 2009, 5:54 am
No comments:
Post a Comment