Tuesday, May 24, 2011

क्रान्तिकारीको एकल प्यानलमा स्ववियू निर्वाचन

आश गुरुङ 'प्रतीक',
अखिल क्रान्तिकारीलमजुङ, फागुन २७ गते ।
लमजुङको सुन्दरबजारस्थित कृषि विज्ञान तथा अध्ययन संस्थान क्याम्पसमा माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको एकल प्यानलमा स्ववियूको निर्वाचन गरिएको छ ।
निर्वाचनका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमालेनिकट अनेरास्ववियूसंग सहमति गरि मनोनयन दर्ता गर्न जाने क्रममा रोक लगाएर अखिल क्रान्तिकारीले गएराती स्ववियू निर्वाचन सम्पन्न भएको घोषणा गरेको छ ।
हिजो सोमवार दिउँसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएकोमा वाईसीएल र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेविसंघका विद्यार्थीलाई मनोनयन दर्तामा रोक लगाएर नेविसंघ कृषि क्याम्पस सुन्दरबजारका अध्यक्ष दीपेन्द्र भट्ट र उपाध्यक्ष राधिका वर्तौलालाई कुटपिट गरेका थिए । सोही क्रममा त्यहाँ पुगेका नेकपा एमाले सुन्दरबजार गाउँ कमिटिका सचिब रघु मिश्र र नेपाली कांग्रेस लमजुङका उपसभापति जीवन श्रेष्ठलाई वाईसीएलले कुटपिट गरेका थिए ।
नेविसंघ र एमाले अखिलको तर्फाट कसैले पनि मनोनयन दर्ता गर्न नआएको भन्दै अखिल क्रान्तिकारीले घोषणा गरेको स्ववियू सभापतिमा सुरेन्द्र सुवेदी रहेका छन् । ७ सदस्यीय समितिको उपसभापतिमा आकृति शर्मा, सचिव विष्णुबहादुर मगराँती, उपसचिव प्रशान्त सापकोटा र कोषाध्यक्षमा प्रतिष्ठा अधिकारी रहेका छन् । त्यस्तै सदस्य सुनिल चौधरी र चण्डिका लामा रहेका छन् ।
उनीहरुले गएराती नै विजयजुलुस समेत निकालेका छन् । यता नेपाल विद्यार्थीसंघले एक प्रेस विज्ञप्ति जारी गरि क्रान्तिकारीको कार्यप्रति आपत्ति जनाएको छ ।


Posted on:March 10, 2009, 3:37 am

No comments:

Post a Comment