Tuesday, May 24, 2011

विरोध प्रदर्शनमा सभाषद् सहभागि

आश गुरुङ 'प्रतीक'
Prachandamandko hatyama birod लमजुङ, चैत १५ गते ।
युथफोर्स रुपन्देहीका सदस्य प्रचण्डमान थैवको हत्याका विरोध गर्दै नेकपा एमाले जिल्ला कमिटि लमजुङले आज शनिवार लमजुङ सदरमुकाम वेसीशहरमा प्रदर्शन गरेकाछन् ।
सभाषद् डीबी कार्कीसमेत रहेको प्रदर्शन कार्यक्रम मदनआश्रति स्मृति भवनवाट निस्किएर वजार परिक्रमा गरि गणतान्त्रिक चोकमा पुगेर कोषसभामा परिणत भएको थियो ।
सभालाई संवोधन गर्दै सभाषद् कार्कीले आफ्ना कार्यकर्तामाथि माओवादीका कार्यकर्ताहरुले दिनदहाडै गरेको हत्याहिंसा श्रृंखलाको चर्को विरोध गर्नुभयो । निहत्था कार्यकर्ता तथा सर्बसाधारणमाथि हत्या तथा कुटपिट जारी राखे प्रतिरक्षामा कुर्वानी दिन पछि नपर्ने समेत सभाषद् कार्कीले वताउनुभयो ।
माओवादीले हत्याहिंसाको श्रृंखला जारी राखे सरकारमा वस्नुको कुनै औचित्य नभएको भन्दै सरकारवाट हट्ने समेत चेतावनी दिनुभयो । जंगलवाट जनमाझ ल्याएर आदर्शको पाठ सिकाउने नेकपा एमालेको गुणलाई माओवादीले चटक्कै विर्सेको भन्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विगतलाई फर्केर हेर्न समेत आग्रह गर्नुभयो । उहाँले बन्दुकको राजनीतिवाट जनताको विश्वास जित्न नसकिने वताउँदै नेकपा एमालेसंग विचारको राजनीति सिक्न माओवादीलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले सचिव मायानाथ अधिकारीले आफ्ना कार्यकर्तामाथिको हत्या असहृय हुने वताउँदै त्यसको प्रतिकारमा उत्रने चेतावनी दिनुभयो । कार्यक्रममा प्रजातान्त्रिक राष्ट्रिय युवासंघका अध्यक्ष सिंहबहादुर थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले माओवादीको हत्याहिंसा श्रृंखला जारी राखे 'ढुंगाको जवाफ इँटाले दिने' चेतावनी दिए । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटिका कार्यालय सचिव धनञ्जय दवाडीले संचालन गर्नुभएको थियो ।

Posted on:March 28, 2009, 5:30 am

No comments:

Post a Comment