Tuesday, May 24, 2011

छ हाजर कण्डम वितरण

आश गुरुङ 'प्रतीक'
Lamjung ma Condom Bitranलमजुङ, माघ १८ गते ।
प्राणघातकको रुपमा देखापारेको एचआईभी/एड्स न्यूनिकरणका लागि लमजुङको सदरमुकाम वेसीशहरमा आज शनिवार छ हजार कण्डम वितरण गरिएको छ ।
एचआईभी रोकथामका लागि कण्डम प्रवर्द्धन भन्ने ब्यानरका साथ निस्किएका संवन्धित निकायका कर्मचारीहरुले वेसीशहरको होटल तथा सुरक्षा निकाय साथै बजारबजारका ब्यक्तिलाई गरि यतिका कण्डम वितरण गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको समन्वय, जिल्ला एड्स समन्वय समिति र होटल ब्यवसायी संघको आयोजना तथा वर्ल्डभीजन, आरसीडीसी, लमजुङ सहयोगी समूह, रोट्रयाक्ट क्लबअफ लमजुङ र रोटरी क्लब अफ लमजुङको सहयोगमा कण्डम वितरण गरिएको हो ।
Lamjung ma Condom Bitran

Posted on:January 31, 2009, 4:11 am

No comments:

Post a Comment