Saturday, May 28, 2011

गाउँ पस्दै गुरुङ चलचित्रकर्मी

आश गुरुङ 'प्रतीक'
Krishna and Khem Gurungलमजुङ, चैत २६ गते ।
नेपालका आदिवासी जनजातिसंग संवन्धित चलचित्रमध्ये अहिलेसम्म सवैभन्दा धेरै चलचित्र गुरुङ समुदायसंग संवन्धित छ । भाषा, कला र संस्कृतिमा आधारितमात्रै करीब पाँचदर्जन गुरुङ चलचित्रहरु निर्माण भईसकेकाछन् । २०५२ सालमा निर्माण भएको चलचित्र तथा बृत्तचित्र 'पातेँ' -माईली) र चलचित्र 'न्हाम्स्यो न्होँरी' -कुहिरो भित्र) को सफलतासंगै गुरुङ संस्कृतिकर्मीहरु चलचित्र निर्माणतर्फ आकषिर्त भएकाहुन् ।
गुरुङ चलचित्रकर्मीहरुको बाहुल्य पोखरामा छ । पोखरा तथा वरपर र कास्की जिल्लालाई नै मध्यनजर गरि प्रायः गुरुङ चलचित्रहरु निर्माण भएकाछन् र निर्माणाधिन छन पनि । यतिका धेरै चलचित्र निर्माण भएर पनि ब्यवसायिक रुपमा अहिलेसम्म गुरुङ चलचित्रले कुनै फड्को मार्न सकेको छैन । भाषा, कला र संस्कृति जोगाउने मुल नाराका साथ चलचित्र निर्माण गरेकैछन् र ब्यवसाय गर्न खोजेकै हुन् । तर, पछिल्लोपटकको गुरुङ चलचित्र निर्माणको क्रम च्याउ झैँ उम्रिनु र सानो बजार हुनुले गुरुङ चलचित्रको ब्यवसाय धरापमा छ ।
गुरुङ चलचित्रकर्मीले पछिल्लोपटक एउटा सोँच बनाएकाछन्, अब 'बजार खोज्न गाउँ जानु पर्छ ।' प्रायः ग्रामीण जनजीवन, ग्रामीण भाषा, ग्रामीण कला र ग्रामीण संस्कृतिलाई मध्यनजर गरेर निर्माण गरिएका चलचित्रहरुलाई चलचित्रकर्मीले गाउँ पुर्‍याउने चेष्टा गरिरहेकाछन् यतिवेला । ग्रामीण भेगमा निर्माण भएका चलचित्र उनीहरुसामु प्रस्तुत गर्दा उनीहरुको मन पनि प्रफुल्ल हुने र ब्यवसायपनि फष्टाउने लक्ष्य चलचित्रकर्मीहरुले राखेकाछन् । 'कला र संस्कृति जोगाउने एकातिर छ भने अर्कोतिर लगानी उठाउनका लागि पनि जरुर छ' गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माओत्से गुरुङ भन्छन्, 'शहरबजारमा गरिएका च्यारिटी शोले मात्रै केही हुँदैन, अबको हाम्रो 'तार्जेट' भनेको ग्रामीण वस्ती हो ।'
चलचित्रलाई कला संस्कृतिको जगेर्ना गर्ने भनेरमात्रै नभएर रुढीवादी परम्परालाई पनि उखेल्नुपर्छ भनेर लागिपरेका अर्को चलचित्रकर्मी प्रितम गुरुङको पनि यस्तै धारणा छ । 'ब्यवसायीकरणका लागि ग्रामीण क्षेत्र प्रवेश गर्दैछौँ, हाम्रो मुख्य बजार भनेको ग्रामीण वस्ती नै हो' उनले भने । उनी गुरुङ फिल्म एसोसिएसनका सचिब समेत हुन् ।
एसोसिएसनका अनुसार गुरुङ चलचित्रकर्मीहरुले नववर्ष२०६६ देखि विशेषतः गुरुङहरुको उद्गमस्थल लमजुङ र कास्कीलाई मध्यनजर गरि गाउँ जाने कार्यक्रम बनाएको छ । कुन मिति र कुन समय कहाँ पुग्ने भनेर निक्र्यौल गर्नमात्रै बाँकी रहेको र सवै तयारी पुरा भएको अध्यक्ष माओत्से गुरुङले जानकारी दिए । लमजुङका गुरुङ समुदायको घनाबस्तीहरु भुजुङ, पसगाउँ, गिलुङ, घलेगाउँ, घनपोखरा, सिउरुङ, सिङ्दी, चरागाउँ, करापू, डढुवा, पुरानकोट साथै कास्कीको ताङतिङ, सिक्लेस, घान्द्रुक, धम्पुस, ल्वाङघलेल लगायत सवै ग्रामीण क्षेत्रमा पुगेर निर्माण गरिसकेका चलचित्रहरु समय मिलाएर पालैपालो गरि प्रदर्शन गरिने एसोसिएसनले जनाएको छ । Gamang Ghale and Basanti Gurung
ग्रामीण भेगलाई नै मध्यनजर गरि चलचित्र लिएर सामुहिक रुपमा संस्थागत तवरले गाउँ पस्ने अभियान यो नै नेपाली चलचित्रको इतिहासमा पहिलो कदम हो । ता कि ग्रामीण क्षेत्रमा गएर चलचित्र प्रदर्शन गर्ने धेरै भएपनि संस्थागत रुपमा अहिलेसम्म कुनैपनि भाषाभाषी चलचित्रहरु गाउँमा प्रदर्शन गरिएका छैनन् । 'गुरुङ चलचित्रलाई ग्रामीण भेगमा लगेर प्रदर्शन गर्नु एक हिसावले राम्रो हो' गुरुङ संस्कृतिकर्मी तथा बरिष्ठ चलचित्रकर्मी लोकबहादुर गुरुङ भन्छन्, 'कला संस्कृति देखाउनका लागि भने हुन्छ तर, ब्यवसायीकरणका लागि भने यस्तो कदम नचालेकै वेश हुन्छ ।' ग्रामीण भेगमा चलचित्र प्रदर्शन गर्दा चाहिने सामाग्री र ढुवानी महंगो पर्नुका साथै कम मुल्यमा टिकट जाने भएकाले चलचित्रको ब्यवसायीकरण नहुने उनको तर्क छ । गुरुङ चलचित्र निर्माण तथा संस्थागत रुपमा सरकारले केही नगरेको गुनासो गर्दै गुरुङले भने, 'सरकार कला संस्कृति जगेर्ना गर्ने पक्षमा छैनन् ।' उनले कलासंस्कृति जोगाउनेको नाउँमा निर्माण भएका तथा गुरुङ समाजले नपच्ने खालका चलचित्रलाई ग्रामीण भेगमा लगेर नदेखाउन सुझाव समेत दिएकाछन् । उनी पाखरावाट प्रशाशित गुरुङ पत्रिका 'तमू संसार' त्रैमासिकका सम्पादक/प्रकाशक पनि हुन् ।

Posted on:April 8, 2009, 8:25 am

No comments:

Post a Comment