Tuesday, May 24, 2011

संरक्षण र र संवर्द्धनको पर्खाइमा तातोपानी कुण्ड

आश गुरुङ 'प्रतीक'
तातोपानी कुणलमजुङ, माघ २७ गते ।
उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समितिस्थित तातोपानी कुण्ड संरक्षण तथा संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा आझेलमा परेको छ ।
नुहाउने मौसम शुरु भएपनि ब्यवस्थापन हुन नसक्दा पर्यटकहरु तातोपानीमा आउँदै, फर्कदै गरेकाछन् ।
लमजुङ सदरमुकाम वेसीशहरवाट २० किलोमीटर उत्तरतर्फरहेको तातोपानीमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकहरु नुहाउने गरेका छन् । दैनिक ३०/४० जना पर्यटक तातोपानीमा नुहाउन र घुम्नका लागि गएपनि त्यतिकै फर्केका स्थानीयवासिन्दाले वताएकाछन् । परापूर्वकालदेखि नै रहेको तातोपानी पर्याप्त प्रचार प्रसार र संरक्षण साथै ब्यवस्थापनको अभावमा उल्लेख रुपमा पर्यटक आएपनि त्यहाँ नवस्ने र ननुहाउने बाहुनडाँडा दिङदिङका बेलबहादुर गुरुङले वताए ।
मर्स्याङ्दी तदीको किनारमा रहेको तातोपानी प्राकृतिक रुपमा अत्यान्तै सुन्दर ठाउँमा रहेको छ । जमिन मुनिवाट मुल फूटेको पानी निकै तातो छ । उमालेको पानी जस्तै तातो हुने भएकोले अहिलेको जाडो याममा समेत नुहाउन गाह्रो परेको छ । तातोपानी अत्याधिक तातो भएकाले अण्डा वा आलु उसिन्न सकिने सो क्षेत्रका वासिन्दा बताउँछन् ।
तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चायाँ, मुसा, डण्डिफोर लगायतका छाला संबन्धि सम्पूर्ण रोगहरु निको हुने विश्वास गरिन्छ । साथै बाथ, हाडजोर्ने, दुख्ने आदि रोग निको हुने आयुर्वेदिक चिकित्सक डा. हर्रि्रसाद पोखरेल वताउँछन् । पर्यटकहरु धार्मिक, शारीरिक, मनोबैज्ञानिक लगायतका अन्य कारणले तातोपानी नुहाउन जाने गर्छन् ।
तातोपानीमा नुहाउन लमजुङवाट मात्रै नभई गोरखा, तनहुँ, चितवन जिल्लावाट मानिसहरु आउने गर्छन् । तर, बस्ने ठाउँ नभएका कारण उनीहरुले जतिसक्दो उपभोग गर्न पाएका छैनन् । भुलभुले गाउँ विकास समिति वडा नं. ७, उस्ता निवासी नवराज घलेले आफ्नी स्वर्गीय धर्मपत्नी पिन्टी घलेको सम्झनामा नुहाउने धारा र वाटो ६० हजार रुपैँयाको लगानीमा निर्माण गरेपनि अहिले अलपत्र अवस्थामा रहेको छ । त्यस्तै, दिङदिङका आमा समूहले २०५३ सालमा नुहाउन आउनेका लागि पाटी वनाएपनि वेसीशहर-चामे सडक निर्माणको क्रममा सेनाले बम पड्काउँदा पाटीका पर्खाला र जस्ताका छाना भत्किएका छन् ।
लमजुङ यस्तो ठाउँ हो जहाँ प्रकृतिले दिएको सवै किसिमका बरादानहरु छन् । दूधपोखरी, मेमेपोखरी, बराहपोखरी जस्ता आस्थाका केन्द्रविन्दु रहेको यस जिल्लामा ती प्राकृतिक श्रोत र सम्पदाको स्थानीयस्तर र सरकारवाट संरक्षणको कुनै पनि पहल नहुँदा अस्तित्व मेटिने संभावना दिनानुदिन वढ्दै गएको छ ।

Posted on:February 9, 2009, 3:55 am

No comments:

Post a Comment