Saturday, May 28, 2011

घलेगाउँमा दशौँ महोत्सवको आयोजना हुँदै

आश गुरुङ 'प्रतीक'
Ghale Gaun Mahotsavलमजुङ, बैशाख २३ गते ।
सार्कराष्ट्रको नमुना गाउँ लमजुङको घलेगाउँमा दशौ घलेगाउँ आज बुधवारदेखि शुरु भएको छ ।
तमु जातिको उद्गमस्थल घलेगाउँ जाउँ, आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव पर्सी २५ गतेसम्म चल्ने छ । महोत्सवको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष तथा सभाषद् पासाङ शेर्पाले एक समारोहबीच उद्घाटन गनुभयो ।

कला र संस्कृति साथै स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामाग्रीलाई प्रदर्शन गर्ने क्रियाकलापलाई जारी राखि बोटानिकल गार्डेन र गुरुङ संग्रहालयको संरक्षण, चिया बगानको ब्यवस्थापन, विद्युतीकरण, ईन्टरनेट साथै गाउँको विद्यालयमा अंग्रेजी माध्यममका पढाईलाई प्रवर्द्धन गर्नका लागि दशौ घलेगाउँ महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका संरक्षक प्रेम घलेले जानकारी दिनुभएको छ ।
घलेगाउँवाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश, लगायतका हिमश्रृङ्खलाहरु नजिकैवाट नियाल्न सकिन्छ । समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँ सदरमुकाम वेसीशहरवाट दुईघण्टाको मोटरयात्रापछि १५ मिनेट हिँडेर पुग्न सकिन्छ । घलेगाउँमा २०५७ सालदेखि हरेकवर्षमहोत्सवको आयोजना हुँदै आएको छ ।

Posted on:May 5, 2009, 9:20 pm

No comments:

Post a Comment