आश गुरुङ 'प्रतीक'

हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले ठाडोभाकाका जिउँदोर् इतिहास भनेर चिनिने लमजुङ सिन्दुरे तुर्लुङकोटका 'भेडीखर्के साइँला' अर्थात दीर्घराज अधिकारीलाई 'ठाडोभाका गायन शिरोमणी' उपाधिले विभूषित गरेको छ ।
गायन क्षेत्रमा पृथक पहिचान बोकेको ठाडोभाका संरक्षण र सम्बर्द्धनका लागि २००२ सालवाट निरन्तर लाग्नु भई ठाडो भाकाको जिउँदो आस्थाको धरोहर, लोक गायन क्षेत्रका विशिष्ट ब्यक्तित्व, विलक्षण प्रतिभाका धनी, रोधीँ, मेलापात, पूजापर्व लगायत विभिन्न उत्सवहरुमा आकर्षाको केन्द्रविन्दु, सृजनशील ज्योतिपुञ्ज, आफ्नो सम्पूर्ण जीवनलाई केवल ठाडोभाका गायन क्षेत्रमा उर्त्र्सग गर्नुभएका उज्ज्वल नक्षत्र, अटल रुपमा जग्मगाईरहेका जाज्वल्यमान तारा भन्दै प्रतिष्ठानले भेडीखर्केलाई विभूषित गरेको हो ।
त्यस्तै, लोक गायन क्षेत्रमा समर्पित भई विशिष्ट पहिचान राख्न सफल प्रतिभापुञ्ज, ठाडोभाका संरक्षण र विस्तारका लागि सवैको आशा र भरोसाको केन्द्रविन्दु, जीवनलाई गायन क्षेत्रमा उर्त्र्सग गर्न प्रतिवद्ध सृजनशील ब्यक्तित्व भन्दै तनहुँ जिल्ला बन्दीपुर गाविस वडा नं. २ बराटारकी उत्तम गुरुङलाई ठाडो भाकाको गायन क्षेत्रको रुपमा सम्मान गरिएको छ ।
भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारी र उत्तम गुरुङलाई प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे र वरिष्ठ साहित्कार गोविन्दबहादुर कुँवरले सम्मान गरेका थिए ।

Posted on:January 31, 2009, 2:39 am
No comments:
Post a Comment