Thursday, May 19, 2011

माओवादी सर्वसत्ताबाद अमान्यः कांग्रेस नेता रिजाल

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २५ गते ।
नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्रप्रसाद रिजालले माओवादीले एकदलीय, र्सवसत्तावाद र कम्युनिष्ट तानाशाही शासन नेपालमा स्थापना गर्न खोजको आरोप लगाउनुभएको छ ।
प्रेस युनियन लमजुङद्वारा सदरमुकाम वेसीशहरस्थित बीपी स्मृति भवनमा आज शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता रिजालले माओवादीले संविधान लेखन र निर्माणको कार्यलाई ओझेलमा पारेको समेत आरोप लगाउनुभयो । उहाँले कसैलाई धम्क्याएर, कुटपिटि गरेर वा घाँटी रेटेर गणतन्त्रको स्थापना नहुने संविधान नलेखिने समेत वताउनुभयो । माओवादीको ब्यहारमा परिवर्तन नआए संविधान निर्माण नहुन पनि सक्ने रिजालले वताउनुभयो ।
१२ बुँदे समझदारीदेखि अहिलेसम्मको सहमति र सहकार्यलाई माओवादीले विर्सेर कांग्रेमाथि दोष थुपारी माओवादी संविधान निर्माण कार्यवाट उम्कन खोजेको समेत रिजालले आरोप लगाउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्ने सहमति हुँदाहुँदै पनि माओवादीले र्सवसत्ताबाद लाद्न खोजेको र एकदलीय, र्सवसत्तावद र कम्युनिष्ट तानाशाही शासन नेपालमा स्थापना गरेर देखाउन रिजालले माओवादीलाई चेतावनी समेत दिनुभयो ।
पत्रकारहरुले सोधेको एक प्रश्नमा नेता रिजालले माओवादी नेतृत्वको सरकारले नेपालमा शालिकराम जम्मरकट्टेलको राज स्थापना गर्न खोजेको आरोप लगाउँदै नेता रिजालले भन्नुभयो, 'माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुख बोलेर के भो, कहिल्यै ब्यबहारमा उतारको छैन ।' उहाँले कब्जा गरिएका जनताका सम्पत्ति अझै फिर्ता गर्नेमा शंका गर्दै 'प्रचण्ड'लाई आफूले गरेका सम्झौता सहामतिको ईमान्दारीका पालन गर्न आग्रह गर्नुभयो । नेता रिजालले सहमति र सम्झौता अनुसार सरकारको कामकार्वाहीको वारे संसदीय अनुगमन समिति निर्माण गर्न समेत माग गर्नुभयो । सरकारमा वसेर जनताका ईच्छा आकांक्ष पनि पुरा नगर्ने अनि व्रि्रोही भन्दै हिँड्ने 'प्रचण्ड' को नियतमा समेत शंका उत्पन्न भएको नेता रिजालको भनाई थियो । सरकार चलाउनका लागि माओवादी असक्षम भएको टिप्पणी गर्दै उहाँले माओवादीलाई 'नाच्न नजान्ने आँगन टेढो' को संज्ञा समेत दिनुभयो । रिजालले भन्नुभयो, 'सरकारमा वस्ने, सरकार चलाउने तर ब्यबहार व्रि्रोहीको गर्न पाइँदैन ।'
नेता रिजालले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि शान्ति प्रक्रियालाई निश्कर्षा पुर्‍याउनुपर्ने धारणा समेत राख्नुभयो । 'शान्ति प्रक्रियलाई तार्किक निष्कर्षा पुर्‍याउन माओवादीले सवै सम्झौताहरुको पालना गर्नुपर्छ ।' नेता रिजालको भनाई थियो । अहिलेसम्म कुनैपनि सहमति र सम्झौताहरुको पूर्ण रुपमा पालना नभएको भन्दै यसले गर्दा शान्ति प्रक्रियासमेत धरापमा परेको समेत नेता रिजालको भनाई थियो ।
पत्रकारहरुले सोधको अर्को प्रश्नमा बृहत शान्ति सम्झौतामा माओवादी लडाकु सेनालाई नेपालीमा सेनामा समायोजन गर्ने भनेर उल्लेख नगरेको जानकारी दिनुभयो । 'लडाकुहरुको रेखदेख, समायोजन र पुनर्स्थापना' को सम्झौता भएको भन्दै नेपाली सेनाको मापदण्ड पुगेका माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्न सकिने रिजालको तर्क थिये । उहाँले मापदण्ड नपुगेका माओवादी सेनालाई समाजमा पुनर्स्थापना गर्न सकिने र यसको विकल्प रोज्न दिने समेत वताउनुभयो ।
पत्रकाहरुको एक अर्को प्रश्नमा नेता रिजालले वाईसीएल विघटन नभएर उसको अर्ध सैनिक संरचना हटाउनुपर्ने वताउनुभयो ।


Posted on:January 9, 2009, 8:41 pm

No comments:

Post a Comment