Thursday, May 19, 2011

वेसीशहर-चामे सडक निर्माणकार्य फेरि अबरुद्ध

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २४ गते ।
लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङको सदरमुकाम चामे जोड्ने एकमात्र निर्माणाधिन वेसीशहर-चामे सडकको निर्माणकार्य फेरि अबरुद्ध भएको छ ।
मनाङवासीले आफ्ना सवै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि गत पुसको पहिलो हप्तावाट निर्माणथालिएको सडक निर्माणकार्य लमजुङको च्याम्चेका वासिन्दा आन्दोलनका कारण आज बुधवारदेखि फेरि अवरुद्ध भएको हो ।
गाउँको तलवाट सडक निर्माणभईरहेका कारण गाउँ नै विस्थापित हुने अवस्थामा पुगेपछि स्थानीयवासिन्दाले सडक अवरुद्ध पारेका हुन् । उनीहरुले निर्माणाधिन सडकलाई आफ्नो गाउँको माथि हुँदै लैजान आग्रह गरेपनि त्यसको कुनै सुनुवाई नभएकाले आन्दोलनमा उत्रिएको स्थानीयवासिन्दाले वताएका छन् । उनीहरुले २०५१ सालमा राष्ट्रिय योजना आयोगले सर्भे गरेको मापदण्डलाई ध्यानमा नराखि ३० मीटर तलबाट सडक निर्माणगरिएको आरोप लगाएकाछन् । स्थानीयवासिन्दको मागलाई अटेरगरि गाउँको मुन्तिरवाट सडक निर्माण भईरहेमा कुनैपनि वेला जान सक्ने पहिरोले धनजनमा क्षति पुर्‍याएमा त्यसको जिम्मा सडक निर्माण कार्यदलले लिनेपर्ने समेत उनीहरुले माग गरेका छन् ।
यसविषयमा सडक निर्माण गरिरहेको नेपाली सेनाको वेसीशहर-चामे सडक निर्माण कार्य गणका प्रमुख विनोदजंग राणाले आन्दोलनकारीको माग नाजायज भएको वताउनुभयो । उनीहरुको मागका संवन्धमा केन्द्रीय कार्यालयमा जानकारी पठाएको तर, योजना आयोगको सर्भेलाई कुनैपनि हालतमा फेरबदल गर्न नमिल्ने उहाँको भनाई छ ।
आन्दोलनकारीका अनुसार निर्माणानिधन सडकलाई अगाडि वढाएमा २६ घर विस्थापित हुने र भत्कने, गाउँको आडमा ठूलो पहिरो जाने र गाउँ नै ध्वस्त हुने, खानेपानी ट्याङ्कीको ठूलो ढुङ्गा जाने, गाउँको बीचमा रहेको पहरा फोर्नुपर्ने, खेतवारीमा वा पहरामा लुप हान्न पर्ने, वाटो अस्थायी र घुमाउरो वाटो हुने छ । मर्स्याङ्दी नदीको तिरमा रहेका कारण गाउँवाट माथि हुँदै सडक निर्माण गरिएमा नदीले नचाप्नेदेखि लिएर उल्लेखित सवै समस्यावाट छुटकारा मिल्ने आन्दोलनका एक अगुवा गमबहादुर तामाङले वताउनुभयो ।
आफ्ना माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरुले वताएकाछन् । गाउँवाट माथि हुँदै सडक निर्माण गरिएमा स्थानीय युवा क्लब, बाबाआमा समुह र स्थानीय बुद्धिजीविवाट भरपुर सहयोग मिल्ने समेत उनीहरुले वताएका छन् ।

Posted on:January 8, 2009, 1:24 am

No comments:

Post a Comment