Tuesday, May 24, 2011

कार्यालयभित्रै प्रहरीको विवाह विवाहमा ढेढसय खर्च

आश गुरुङ 'प्रतीक'
लमजुङ, फागुन ६ गते । लमजुङमा कार्यरत दुई जना प्रहरीरीवीच जिल्ला प्रहरी कार्यालयको परिसरमा आज मंगलवार विवाह भएको छ । कुनै भोज भतेर र दाईजो विना नै नवलपरासी जिल्ला पञ्चनगर गाविस ६, विजयपुरका २४ वषिर्य प्रहरी जवान दीपेशकुमार चौधरी र रुपन्देही जिल्ला सालझण्डी गाविस ५, बिचौवापुरकी २० वषिर्या प्रहरी जवान राजकुमारी चौधरीबीच विवाह भएको हो । वेहुला दीपेशकुमार चौधरी जिल्ला कारागार शाखा र वेहुली राजकुमारी चौधरी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । विवाहपश्चात वेहुलीलाई जिल्ला कारागारमा भित्र्याईएको छ । वुहुलीको माईतीपक्ष बनेका प्रहरी नायब उपरीक्षक शिवहरि वास्कोटाले कार्यगत सहजतालाई मध्यनजर गरि विवाह गरिदिएको जानकारी दिनुभयो । उहाँले आज मंगलवारदेखि नै वेहुलीलाई पनि जिल्ला कारागार सरुवा गराएको जानकारी दिनुभयो । विवाहमा वेहुलापक्षका तर्फाट प्रहरी निरीक्षक जगत कार्की, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, सरकारी वकिल बालकृष्ण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, प्रहरी, स्थानीयवासिन्दा तथा पत्रकारहरुको उपस्थिति थियो । विवाहमा प्रयोग भएका विस्कृट, चकलेट, केरा, अंगुर र स्याउ साथै सिन्दुर गरि ढेढसय रुपैँया खर्च भएको प्रहरीले जनाएको छ ।

Posted on:February 17, 2009, 7:44 am

1 comment: