Sunday, June 5, 2011

अन्नपूर्ण पदमार्गमा बाढीपहिरो

आश गुरुङ 'प्रतीक'
Annapurna ma pahiroलमजुङ, साउन ६ गते ।
लमजुङको उत्तरी क्षेत्रमा एकसातादेखि परेको अविरल वर्षाका कारण बाढीपहिरो हुँदा अन्नपूर्ण पदयात्रा मार्ग अवरुद्ध भएको छ ।
वेसीशहर-भुलभुले सडक खण्ड अन्तरगत चण्डीस्थान गाविसको विभिन्न ठाउँमा पहिरो जाँदा करीब ३० किलोमीटरको यातायात सेवा बन्द भएको छ । ढुवानीको एकमात्र साधन खच्चड पनि हिँड्न नसक्दा ढुवानी हुन सकेको छैन । त्यस्तै, ताघ्रिङ र खुदी गाविसमा पर्ने विभिन्न ठाउँमा पहिरोले सडक साथै गोरेटो बाटो वगाएपछि अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकपनि विचबाटोमा नै अलपत्र परेकाछन् ।

Posted on:July 21, 2009, 2:59 am

No comments:

Post a Comment