Tuesday, June 21, 2011

लमजुङमा आदिवासी सांस्कृतिक महोत्सवको तयारी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ ५ गते ।
लमजुङमा आगामी माघ अन्तिमसाता आदिवासी जनजाति साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ ।
आदिवासी जनजातिहरुको कला संस्कृति जगर्ेना तथा पर््रवर्द्धन गर्नुका साथै नेपाल पर्यटन वर्षसन् २०११ लाई सघाउ पुर्‍याउने उदेश्यले लमजुङमा पहिलो पटक आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

आगामी माघ २६ देखि फागुन ३ गतेसम्म एक साता संचालन हुने महोत्सव सफल पार्न ५ सय १ सदस्यीय मूल आयोजक समिति तथा १८ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

सदरमुकाम बेसीशहरको सहजी मैदानमा हुने महोत्सवमा गुरुङ, तामाङ, नेवार, मगर, दुरा लगायत जिल्लामा रहेका ९ वटा जातजातिको कला संस्कृति पर््रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै जनजातिहरुलाई सचेत गराउने उदेश्यले जलबायु परिवर्तन तथा रेड अवधारणा र अन्तरराष्ट्रिय श्रम संगठनको अभिसन्धी न १६९ को विषयमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक खेमजंग गुरुङले जानकारी दिएकाछन् ।

महोत्सवमा जनजाति र गैर जनजातिहरुको झाँकी पर््रदर्शन गर्ने, लोकदोहोरी प्रतियोगिता, प्याराग्लाइडिङ, कृषि पर््रदर्शनी, हिज्जे प्रतियोगिता, हस्तकला पर््रदर्शनी, पर्यटकीय गाउँहरुको 'प्याकेज टूर' को कार्यक्रम लगायत आयोजना गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति लमजुङको आयोजनामा हुन लागेको महोत्सवमा पर्यटन बोर्ड, आदिवासी जनजाति महासंघ, जिल्लाभरका गाविसहरु लगायत विभिन्न संघ संस्थाले सहयोग गर्ने अपेक्षा गरिएको छ । झण्डै ३५ लाख रुपैयाको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दावी गरेको छ ।

आयोजक आदिवासी जनजाति भएपनि जिल्लास्तरकै महोत्सव भएकाले जिल्लाको पहिचान देशविदेशसम्म प्रचार गरि पर्यटन बर्षसन् २०११ लाई सफल पार्न महत्वपर्ूण्ा योगदान पुग्ने महोत्सव मूल आयोजक समितिका सदस्य संस्थाका सचिव धर्मराज श्रेष्ठले वताए ।

हामी पनि आदिवासी : विश्व आदिवासी दिवसका अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको एक कार्यक्रममा सहभागि चेपाङहरु । पहिलोपटक औपचारिक कार्यक्रममा सामुहिक रुपमा सहभागी भएका चेपाङहरुले पहिलोपटक झाँकी समेत देखाए । यसअघि सामुहिक रुपमा कुनैपनि कार्यक्रममा सहभागि नभएका चेपाङहरु निकै खुसी देखिएका थिए । लमजुङमा चेपाङहरु ७० जनाको हाराहारीमा छ ।

कम्मरै भाँचेर : विश्व आदिवासी दिवसका अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको एक कार्यक्रममा घाँटू नाच्दै गुरुङ समुदायका महिलाहरु । घाँटू गुरुङ समुदायको लोपुन्मुक नृत्य हो ।

सहभागि : विश्व आदिवासी दिवसका अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको एक कार्यक्रममा सहभागिहरु । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा गरिएको कार्यक्रममा झण्डै २ हजार सहभागि थिए ।
तस्वीर : आश गुरुङ, लमजुङ

Posted on:January 19, 2011, 9:03 pm

No comments:

Post a Comment