Monday, June 20, 2011

माओवादीको कंकाल चोरी, राष्ट्रिय मानवअधिकार आयोगद्धारा अनुगमन शुरु

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १० गते ।
लमजुङमा तत्कालीन शाही नेपाली सेनाले द्धन्द्धकालमा हत्या गरि गाडिएका दुर्इजना माओवादी कार्यकर्ताको कंकाल ६ बर्षछि अज्ञात समूहले उत्खनन गरि बेपत्ता बनाएको छ ।
उत्खनन गरि बेपत्ता बनाएको स्थल पुगेर आज शनिवार राष्ट्रिय मावनअधिकार आयोगसहित मानव अधिकारकर्मी र संचारकर्मीको एक टोलीले अनुगमन गरेको छ ।
उत्तरी लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नम्बर ५ पामचोकको पाखोमा गाडिएका २ जना माओवादी कार्यकर्ताको कंकाल गत ३ मसिंर शनिवारको रातीदेखि रहस्यमय तवरले बेपत्ता बनाईएका हुन् ।
२०६१ साल कार्तिक २८ गते तत्कालीन व्रि्रोही माओवादीका दुर्इ कार्यकर्ताहरु दुराडाँडाकी रिना अधिकारी 'सुमी' र सल्यान, कालागाउँ गाउँ विकास समिति वडा नम्बर ६ की जीतकुमारी पुनमगर 'रचना' लाई पामचोकमा सुरक्षाकर्मीले हत्या गरेका थिए । उनीहरुको शवलाई भोलिपल्ट माओवादी कार्यकर्ताले गाडेका थिए । शव गाडेको ६ बर्षछि सो स्थानमा उत्खनन गरी अस्थिपञ्जर नै बेपत्ता बनाएपछि स्थानीय वासिन्दा चकित परेकाछन् ।

द्वन्द्धकालमा सेनाद्धारा मारिएका माओवादी कार्यकर्ता गाडिएको सो स्थानको २ वटा खाल्डोमध्ये एउटालाई खनेर त्यतिकै राखिएको छ भने अर्कोलाई पुरिदिएकाछन् । सो महिलाले प्रयोग गर्ने पाईन्ट, बेरुवा लुङ्गी, ब्रा र पेटीको केही टुक्रा रहेकाछन् । पुरिएको खाल्डोनेर मदिराको सानो खाली बोत्तल पनि छ । 'मदिरा खाएर मानव तस्करले कंकाल लगेको हुन सक्छ' राष्ट्रिय मावनअधिकार आयोजक क्षेत्रीय कार्यालय पोखराका मानव अधिकार अधिकृत ज्योति घिमिरेले भने, 'घटनामा यस घटना र ठाउँलाई पहिचान गर्नसक्ने तथा स्थानीयको पनि संलग्न हुन सक्छ ।' यसवारे लिखित जानकारी आए विशेषज्ञको टोलीले अनुसन्धान थाल्न सक्ने उनले वताए । अर्का अधिकृत बद्री सुवेदीले यस घटनाको रहस्य एक दिन अवश्य खुल्ने दावी गर्दै यसका लागि स्थानीयवासिन्दाले सहयोग गर्नुपर्ने बताए । मानव अधिकारकर्मी एवं इन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारीले घटना जघन्य भएको वताउँदै संवन्धित निकायले अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउनुपर्ने वताए । सो स्थानका एउटा खाल्डो पुरेको, माथि देखिने गरि कुनैपनि अस्थिपञ्जर नरहेको लगायतले अनुसन्धानको प्रमाणलाई नष्ट पार्न खोजिएको राष्ट्रिय मावनअधिकार आयोगले जनाएको छ । अनुगमनमा अधिकारकर्मीबाहेक नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति पत्रकार संघ लमजुङ शाखाको पनि प्रतिनिधित्व सहभागिता थियो ।
घटनावारे स्थानीयवासिन्दाले एउटै आवाज निकालेकाछन् । उनीहरुलाई केही पनि थाह नभएको स्थानीयवासिन्दाले वताए । माओवादी कार्यकर्तालाई हत्या गरेको घटना देखेका र चिहानवाट कंकाल निकालिएको अवस्थामा खाल्डोलाई पहिलोपटक देखेका स्थानीय मिठू भण्डारीले खाल्डोको कपडा देखेपछि ज्यादै डराएको वताए । 'शनिवार खर काट्न गएर फर्कदा जस्ताको तस्तै थियो, कही कतै केही गरिएको थिएन' मिठूले भनिन्, 'भोलिपल्ट आईतवार विहान दाउर टिप्न जाँदा खाल्डो र वरपर कपडाको टुक्रा देखेँ र सवैलाई बोलाएँ ।' सिम्पानी गाविस वडा नम्बर ५ र ७ पामचोकको सिमानामा पर्ने सो स्थानमा सुरक्षाकर्मीले आफू बाख्रा चराउन आएको बेला एकजनालाई खोल्साछेउ समातेर घिसार्दै ल्याएको घटना सुनाए । आफूलाई घर जान चेतावनी दिएपछि घर आउने क्रममा गोली हानेको आवाज सुनेको उनको भनाई छ । अनुगमनका क्रममा भेटिएका वडा नम्बर ७ का पूर्व अध्यक्ष प्रेमबहादुर थापा, स्थानीय रामप्रसाद सुवेदी, नन्दराज भण्डारी, शिक्षक रामचन्द्र घिमिरे लगायतका स्थानीयवासिन्दाले तस्करले कंकाल लगेको हुनसक्ने वताए ।

शव उत्खनन् गरेर बेपत्ता बनाएको नै हो भने अनुसन्धान गरिनुपर्ने माओवादी लमजुङ संगठन समितिले जनाएको छ । गाडिएको शव उत्खनन् भएको बारे निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले अनुसन्धान गरिनुपर्ने वताए । नेपाली सेनाको रणबम गणका गणपति नवराज गुरुङलले घटनाबारे केही थाहा नभएको वताए ।
स्थानीय वासिन्दाहरुले समेत पत्ता नै नपाई रातारात शव गाडिएको स्थानबाट उत्खनन् गरी बेपत्ता हुनुलाई स्थानीयवासिन्दाले असामान्य ठानेकाछन् । अनुगमनमा गएका अधिकारीहरुले 'कंकाललाई तस्करहरुले लगेको र त्यसमा स्थानीय कसैको सहयोग' हुनेसक्ने प्रारम्भिक मौखिम प्रतिवेदन बनाएकाछन् । यसको अनुसन्धान हुन सक्ने वताउँदै राष्ट्रिय मानव अधिकार आयोगले छरिएका कपडा र खाल्डोलाई कसैले नचलाउ आग्रह गरेको छ ।










Mail to: आश गुरुङ 'प्रतीक'

No comments:

Post a Comment