Saturday, June 25, 2011

सहकर्मी सम्मानित, खुसीयालीमा नाचगानर्

इलमजुङ संवाददाता, लमजुङ, फागुन २७ गते ।
संचारको माध्ययमवाट आफनो गाउँ र सिंगो जिल्लालाई देश विदेशमा चिनाउन महत्वपर्ूण्ा योगदान पुर्‍याएको भन्दै लमजुङ सहकर्मी आश गुरुङ 'प्रतीक' लाई आफ्नै गाउँका वासिन्दाले सम्मान गरेकाछन् ।
लमजुङ सदरमुकाम वेसीशहरमा वसोवास गर्दै आएका पर्यटकीय गाउँ भुजुङका वासिन्दाले सहकर्मी गुरुङलाई गएको राती गुरुङ संस्कार र रीतिरीवाज अनुसार सम्मान र सत्कार गरेका हुन् ।

भुजुङ तमू आमा समूहको नेतृत्वमा पुगेको टोलीले दहीचामलको टीका लगाएर खादा ओढाउनुका साथै पा ठ्ोँसी गरेर सम्मान सत्कार गरेका थिए । उनीसंग गुरुङकी धर्मपत्नी नरमाया तामाङ, बाबु मंगले गुरुङ, आमा आईतकुमारी गुरुङ, धर्मबहिनी ममता गुरुङ, भाञ्जी लक्ष्मी गुरुङ, पत्रकार युवराज श्रेष्ठ लगायतलाई पनि भुजुङ तमू आमा समूहले टिका र खादा लगाईदिएका थिए । सो अवसरको खुसीयालीमा आमा समूहले पत्रकार गुरुङको नाउँमा गएको रातभरि नाचगान समेत गरेका छन् ।

आमा समूहको सक्रियता र विकास निर्माणप्रतिको लगाव देखेर गुरुङले नाचगानकै अवसरमा भुजुङ तमू आमा समूहलाई ५ हजार १५ रुपैँया नगद समेत सहयोग गरेकाछन् । नाचगानमा झण्डै ६ हजार रुपैँया संकलन भएको छ ।
लमजुङको भुजुङमा जन्मेका गुरुङले लमजुङ सदरमुकाम वेसीशहरमा वसेर विगत ६ वर्षेखि पत्रकारीता गर्दै आएकाछन् । गुरुङ नेपाल पत्रकार महासंघका केन्द्रीय पार्ष्, आदिवासी जनजाति पत्रकार संघ लमजुङका सचिव, प्रेस चौतारी नेपाल, लमजुङ शाखाका सचिव लगायतका पदमा छन् । उनी रेडियो नेपाल, उज्यालो ९० नेर्टवर्क, सगरमाथा टेलिभिजन, राजधानी दैनिक, बीएफबीएस रेडियो लगायतका संचारसंस्थासंग आवद्ध पनि छन् ।









Posted on:March 12, 2011, 3:17 am

No comments:

Post a Comment