Saturday, June 25, 2011

पत्रकार महासङघ लमजुङको अध्यक्षमा केसी

नवीनराज कुइँकेल,
Photo: Aash Gurung
बेसीसहर, फागुन ८ गते ।
नेपाल पत्रकार महासङघ लमजुङको चौथो जिल्ला अधिवेशन १२ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । यसैगरी उपाध्यक्षमा बसन्तबहादुर थापा, सचिवमा नवीनराज कुइँकेल, सहसचिवमा केदार बोहरा, कोषाध्यक्षमा अंभिरप्रसाद वि.क. र महिला सदस्यमा कमला केसी, आदिवासी जनजाति सदस्यमा युवराज श्रेष्ठ, दलित सदस्यमा विवेक दुलाल र अन्य सदस्यहरुमा ज्योतिमाया गुरुङ, नारायण पौडेल, सरला अधिकारी, बेनबहादुर सुयल रहनुभएको छ ।

अधिवेशनबाट आश गुरुङ, कृष्णप्रसाद अधिकारी, श्रीकष्ण लामिछाने, गणेश पाण्डे, किसान संगीत नेपाली र प्रेमकुमारी घले केन्द्रीय पार्षमा निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा प्रेस चौतरी र क्रान्तिकारी पत्रकार संघबीच संयुक्त प्यानल निर्माण भएपछि प्रेस युनियन संवद्ध सदस्यहरुले उम्मेदवारी दर्ता गराएका थिएनन् । तेश्रो अधिवेशन बहिस्कार गरेको प्रेस युनियनले यसपटक पनि अध्यक्ष पद दाबी गर्दै आएको भए पनि सहमति बन्न नसकेपछि निर्वाचन भएको थियो ।

चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि केन्द्रीय कोषाध्यक्ष रेमश विष्टले सवै जिल्लाको ध्यान खिचेको लमजुङ शाखाको अधिवेशन सहजताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले अझै पनि यस अधिवेशनबाट केही पत्रकारहरु बाहिर रहेकाले उनीहरुको भावना बुझी अगाडि बढ्न नयाँ समितिलाई सुझाव दिनुभएको थियो । यसैगरी पश्चिमाञ्चल संयोजक रविन्द्र बाँस्तोलाले पनि सबै पत्रकारको साझा संगठनको रुपमा महासंघ अगाडि बढ्नुपर्ने बताउनुभयो ।अधिवेशन सम्पन्न गराउन सफल भुमिका निर्वाह गरेको भन्दै केन्द्रीय कोषाध्यक्ष रमेश विष्ट, केन्द्रीय सदस्य रविन्द्र बाँस्तोला, एभिन्युज टिभिका क्षेत्रीय ब्युरो प्रमुख रामकृष्ण ज्ञावली, नेपाल टेलिभिजन कास्कीका त्रिभुवन पौडेललाई निवर्तमान कार्यसमितिले सम्मान गर्नुको साथै स्थानीय हस्तकलाका सामग्री उपहार दिएको थियो ।

यसैगरी नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। शाखा अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा बसेको पहिलो बैठकले अघिल्लो कार्यसमितिका साथै चौथो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी व्यवसायी, वित्तीय संस्था, सञ्चारसंस्था आदिलाई धन्यवाद दिएको छ ।

यसैगरी पत्रकार महासङघको आफ्नै भवन निर्माणको लागि राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, उद्योग ब्यवसायीसंग भौतिक तथा आर्थिक सहयोगको लागि छलफल सुरु गर्ने तथा अहिले रहेको कार्यालय अझ थप व्यवस्थित गर्दै दैनिक कार्यसञ्चालन अगाडि बढाउने निर्ण्र्ाागरेको छ ।






















No comments:

Post a Comment