Tuesday, June 21, 2011

पहिलोपटक कृषकहरुका लागि टोल प्रिm नम्बर

आश गुरुङ 'प्रतीक',
तस्वीरः कृष्ण लामिछाने
लमजुङ, माघ १० गते ।

कृषकहरुका लागि लमजुङमा पहिलोपटक कृषक टोल प्रिm नम्बर संचालनमा ल्याईएको छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङले आज सोमवारदेखि कृषकका जिज्ञासा र समस्या टेलिफोनवाटै समाधान गर्न टोल प्रिm संचालनमा ल्याएको हो ।

नेपालका ७५ जिल्लामध्ये जिल्ला कृषि विकास कार्यालय लमजुङले पहिलोपटक टोल प्रिm नम्बर संचालनमा ल्याएको हो ।
जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार कृषकहरुले १६६०६६५२०१३ नम्बरमा जुनसुकै फोनवाटपनि सर्म्पर्क गर्दा पैसा लाग्दैन । जिल्लाका सवै भेगमा प्राविधिकहरु पुग्न नसक्ने अवस्था र ग्रामीण भेगका कृषकहरुको समस्या तत्काल समाधान गर्न यस्तो प्रक्रिया अपनाईएको कृषि विकास कार्यालय लमजुङका बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तले जानकारी दिए ।

टोल प्रिm नम्बरको पहिलोपटक कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि सूचना तथा संचार केन्द्रका प्रमुख रामप्रसाद पुलामीले टेलिफोन रिसिभर उठाएर उद्घाटन गरेका थिए ।

नेपालका ७५ वटै जिल्लामा रहेको कृषि विकास कार्यालयमा लमजुङले पहिलोपटक टोल प्रिm नम्बर संचालनमा ल्याएको पुलामीले जानकारी दिए ।
कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत एवं कार्यालय प्रमुख पन्तले सकेसम्म कृषकहरुको समस्या र जिज्ञासालाई आफैँले समाधानको प्रयास गर्ने र नसक्ने अवस्थाका जिज्ञासालाई माथिल्लो निकायसम्म पुर्‍याई समस्याको समाधान खोजिने जानकारी दिए ।
टोल प्रिm नम्बर संचालन गर्न कृषि विकास कार्यालयले नेपाल टेलिकममा धरौटीबापत १५ हजार खर्च गरेकाछन् भने मासिक १ हजार रुपैँया बुझाउनुपर्ने छ । Toll Free number for Farmers
Toll Free number for Farmers
Toll Free number for Farmers
Toll Free number for Farmers

Posted on:January 24, 2011, 8:26 pm

No comments:

Post a Comment