Sunday, June 26, 2011

भारतीय राजदूतको उद्घाटन कार्यक्रम स्थगित

आश गुरुङ
लमजुङ, चैत २१ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा निर्माण गरिएको जिल्ला सैनिक बोर्डको उद्घाटन कार्यक्रम सोमवार स्थगित भएको छ ।
भारतीय राजदूत राकेश सूदले भवनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएपनि एकीकृत माओवादीले कालो झण्डा देखाउने अडान नछोडे पछि कार्यक्रम स्थगित भएको हो ।

भारतीय राजदूत राकेश सूद सोमवार विहानसम्म लमजुङ आउने कार्यक्रम तय भएपनि माओवादीले कालोझण्डा देखाउने तयारी गरेको र त्यसका लागि अन्यत्रवाट पनि ब्यापक कार्यकर्ता खटिएको खबर प्राप्त भएपछि 'असुरक्षा' को कारण देखाउँदै लमजुङ आउने कार्यक्र रद्द गरिएको श्रोतले वतायो ।

भारतीय राजदूतले भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि आयोजकले एकीकृत माओवादीका नेताहरुसंग कालोझण्डा नदेखाईदिन र सहयोग गरिदिन पटकपटक आग्रहसहितको वार्ता गरेका थिए । यसका लागि केन्द्रीय तहमै वार्ता समेत गरिएको थियो ।

भारतीय राजदूतावासको सहयोगमा लमजुङ भारतीय भूतपर्ूव सैनिक विकास समितिले वेसीशहर शेरामा झण्डै १ करोड २० लाखको लगानीमा जिल्ला सैनिक बोर्डकोको निर्माण गरेको हो । भारतीय राजदूतावासले वेसीशहरको शेराचोकदेखि सैनिक बार्डसम्म कालोपत्रे गरिदिने र सहजी खेल मैदानलाई सहयोग गर्ने आश्वासन दिएका थिए । सूदलाई कालो झण्डा देखाउने तयारीप्रति तीब्र विरोध गर्दै सूदले त्यो सहयोग पनि रोक्ने चेतावनी दिएको श्रोतले वताएको छ ।

लमजुङ भारतीय भूतपर्ूव सैनिक सैनिक विकास समितिका अध्यक्ष क्याप्टेन लालबहादुर गुरुङले एकीकृत माओवादीका साथीहरुको असहयोगका कारण कार्यक्रम स्थगित भएको वताए । उद्घाटन तयारीको लागि झण्डै ८० हजार रुपैँया खर्च भईसकेको छ । तयारीका लागि लमजुङ सदरमुकाम वेसीशहरका भूतपर्ूव सैनिकहरु स्वतस्फर्ूत एकसातादेखि खटेका थिए ।

एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर तमूले भारतीय राजदूतलाई कालो झण्डा देखाउने केन्द्रीय निर्देशन भएकाले त्यो अडानवाट पछि नहट्ने जनाएपछि कार्यक्रम स्थगित भएको हुनसक्ने वताए । भारतीय राजदूतबाहेक अन्य बरिष्ठ ब्यक्तित्वलाई भवनको उद्घाटन गर्न दिएमा आफ्नो पनि र्समर्थन हुने आयोजकलाई जानकारी दिएको तमूको भनाई छ । भारतले सहयोग गर्ने भए नेपाल सरकारको माध्ययमवाट आउनुपर्ने वताए ।
सोमवारको उद्घाटन कार्यक्रम स्थगित भएपछि भारतीय भूतपर्ूव सैनिक बोर्ड लमजुङको उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
Alpatra-bhu-po-sainik
Alpatra-bhu-po-sainik
Alpatra-bhu-po-sainik

Posted on:April 4, 2011, 8:59 am

No comments:

Post a Comment