Monday, June 20, 2011

गुरुङ चलचित्र महोत्सव लमजुङमा

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक २५ गते ।
नेपालमै पहिलो पटक गुरुङहरुको आदिम थलो लमजुङमा तमू (गुरुङ) चलचित्र महोत्सवको आयोजना हुने भएको छ ।

गुरुङ फिल्म एसोसिएशनको आयोजनामा आगामी मंसिर ३ र ४ गते सदरमुकाम बेसीशहरमा गुरुङ चलचित्र महोत्सवको आयोजना गरिन लागेको हो ।

'गुरुङ चलचित्रकर्मीसंग बसेर चलचित्र हेरौँ-गुरुङ चलचित्रलाई उद्योगको रुपमा विकास गरौँ' भन्ने नारका साथ आयोजना हुन लागेको महोत्सवमा झण्डै आधा दर्जन गुरुङ चलचित्रको परर्दशनी गर्ने तयारी गरिएको गुरुङ फिल्म एसोसिएशनका अध्यक्ष माओत्से गुरुङले जानकारी दिए ।

गुरुङहरुको बाक्लो बस्ती र गुरुङ कला र संस्कृतिको धनी लमजुङमा आयोजना गरिने गुरुङ चलचित्र महोत्सवमा गुरुङ चलचित्र तमू हृयूला (गुरुङ राज्य), आशिमाला (शुभकामना), आस्योँ (मावली), आक्रोदो (नरुनु), म्हि छ्याँव (राम्रो मान्छे), रोधीँघर, (रोदीघर), र गुरुङ भाषाको डकुमेन्ट्री खेब धीँ (पढने घर) परर्दशनी गरिने गुरुङ फिल्म एसोसिएशनका महासचिव प्रितम गुरुङले जानकारी दिए । चलचित्र तमू हृयूला (गुरुङ राज्य) गुरुङ चलचित्रको ईतिहासमा पहिलोपटक राजनीतिक विषयवस्तुलाई आधार बनाईएको चलचित्र हो ।


महोत्सवमा फिल्म परर्दशनको अतिरिक्त गुरुङ चलचित्र सम्बन्धी जानकारी दिने, देशभर रहेका गुरुङ चलचित्रका निर्माता, निर्देशक, कलाकारको सहभागितामा गुरुङ चलचित्रको विकासको लागि अन्तरक्रिया, लमजुङमा रहेको गुरुङ संग्रहलयको अवलोकन लगायतका कार्यक्रम तय गरिएको छ । महोत्सवमा गुरुङ कलाकारहरुको सहभागितमा बेसीशहरमा चलचित्र र्�यालीको समेत आयोजना गरिने कार्यक्रम राखिएको गुरुङ चलचित्र महोत्सव मुल आयोजक समितिका संयोजक तथा नायक गमन घलेले वताए ।

महोत्सवको आयोजनाका सम्बन्धमा विहिबार बेसीशहरस्थित तमू संग्रहालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा गुरुङ फिल्म एसोसिएशनका अध्यक्ष माओत्से गुरुङ, महासचिव प्रितम गुरुङ, महोत्सव आयोजक समितिका संयोजक गमन घले, कलाकार राजेश गुरुङ लगायतका गुरुङ कलाकारहरुको सहभागिता थियो ।

२०५२ सालमा गुरुङ भाषाको पहिलो चलचित्र पातेँ (माईली) निर्माण भएपछि हालसम्म ७५ वटा गुरुङ चलचित्रको निर्माण भईसकेको छ । नेपालका आदिवासी जनजातिसंग संवन्धित चलचित्रमध्ये अहिलेसम्म सवैभन्दा धेरै चलचित्र गुरुङ समुदायसंग संवन्धित छ ।





Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:November 11, 2010, 6:49 am

No comments:

Post a Comment