Monday, June 20, 2011

पर्यटक कुट्नेलाई इमेलबाटै पहिचान

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस १९ गते ।
विश्वविख्यात अन्नपर्ूण्ा पदमार्ग घुम्न आएका एक पर्यटकलाई कुटपिट गर्ने एक युवकलाई प्रहरीलर्ेर् इमेलको प्रयोगवाट पक्राउ गरेको छ ।
राउन्ड अन्नपर्ूण्ाका लागि लमजुङ सदरमुकाम वेसीशहरवाट भुलभुले, ङादी हुँदै बाहुनडाँडा जाने क्रममा अमेरिकन नागरिक आस्ली मोन्ट्जीलाई बाहुनडाँडाका एक युवकले कुटपिट गरेका थिए ।
गत २७ नोभेम्बरमा नेपाल आएकी ३० बषिर्य मोन्ट्जी अन्नपर्ूण्ा पदमार्गमा एक्लै प्रवेश गरेकी थिईन् । गत २५ मंसिरमा ङादीवाट बाहुनडाँडा जाने क्रममा उनी कुटिएकी हुन् ।
झोला बोकिदिने भन्दै रकम असुल्न खोज्ने युवकलाई झोला दिन आस्लीले अस्वीकार गरेपछि ढुङ्गाले टाउकोमा प्रहार गरि युवक वेपत्ता भएका थिए । कुटपिट भएपछि प्रहरीले आस्लीलाई बेसीशहर ल्याई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार पछि काठमाडौँ पठाएकोमा उनी अहिले अमेरिका फर्किसकेकी छन् ।
काठमाण्डौं र्फकने क्रममा आस्ली मोन्ट्जीले जिल्ला प्रहरी कार्यालय लमजुङमा आफूलाई कुटपिट गर्नेको हुलिया सहित कार्वाहीको लागि निवेदन दिएकी थिइन् । निवेदनको आधारमा जिल्ल्ाा प्रहरी कार्यालय लमजुङ र बाहुनडाँडा प्रहरी चौकीले केहीलाई पक्राउ गरि शंकास्पद ६ जनाको तस्वीर प्रहरी नायब उपरिक्षक सन्दिप भण्डारीले पहिचानको लागि आस्लीलाई इमेल गरेका थिए ।
पहिलो पटक पठाएको तीन वटा तस्वीरको जवाफमा आस्लीले उनीहरु कुटपिट गर्ने व्यक्ति नभएको जवाफ फर्काकी थिईन् । थप अनुुसन्धान गरि प्रहरीले पछिल्लो पटक पठाएको तस्वीरमा भने लमजुङ बाहुनडाँडा गाउँ विकास समिति वडा नम्बर ९ का १८ बषर्ीय टेकबहादुर थापाको फोटोमा आफूलाई कुटने ब्यक्ति भन्दै आस्लीले चिन्ह लगाएर जवाफ पठाएकी थिइन ।
अस्लीले इमेलमा फोटो पहिचान गरि पठाए पछि प्रहरीले थापालाई पुस पहिलो साता पक्राउ गरेको हो । पक्राउ परेका थापाले आफूले कुटपिट गरेको स्वीकार गरिसकेकोले र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्दिप भण्डारीले बताए । आस्लीले आफूलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरि कार्वाही प्रक्रिया थालिएकोमा प्रहरी प्रमुख भण्डारीलाई इमेल मार्फ धन्यवाद दिएकी छन् ।
नयँा बर्षंगै शुरु भएको नेपाल पर्यटन वर्षा अन्नपर्ूण्ा पदमार्गमा पर्यटकको ओइरिने क्रम जारी रहेको बेला नयाँ प्रविधिको प्रयोग गरि पहिलो पटक पर्यटक कुटने ब्यक्ति पक्राउ परेपछि पर्यटन क्षेत्रसंग सरोकार राख्ने निकायले समेत खुशी ब्यक्त गरेका छन् ।




Posted on:January 3, 2011, 6:27 am

No comments:

Post a Comment