Monday, June 20, 2011

डाक्टर सुवेदीद्धारा ५ लाख रुपैँया सहयोग

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १२ गते ।
बेलायतको लिड्स विश्व विद्यालयमा अन्तराष्ट्रिय मानवअधिकारको कानुन विषयमा अध्यापनरत प्रोफेसर डाक्टर सूर्य प्रसाद सुवेदीले लमजुङको अमर उच्च माध्यमिक विद्यालयलाई ५ लाख रुपैँया सहयोग गरेकाछन् ।

विद्यालयमा विज्ञान विषयको पढाइ र स्नातक तह सञ्चालन गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना भईरहेको महोत्सवको अवसर पारेर डाक्टर सुवेदीले आर्थिक सहयोग गर्नुभएको हो ।

लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नं. ९ सुवेदी गाउँमा जन्मिएका डा. सुवेदी खुदीस्थित अमर उच्च माविका उपज हुन् ।
डाक्टर सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधी गर्ने र बेलायती सरकारवाट द एक्सेलेण्ट अर्डर अफ ब्रिटिस एम्पाएर उपाधि पाउने पहिलो नेपाली हुन् । हाल लण्डनमा ब्यारिष्टरको रुपमा समेत कार्यरत डाक्टर सुवेदी २१ वर्षेखि बेलायतमा छन् ।

त्यस्तै, घनपोखरा गाविस ५ घर भई ब्रिटिस आर्मीका क्याप्टेन बालकृष्ण गुरुङ र सिम्पानी ४ का ब्रिटिस क्याप्टेन नारायण भण्डारीले जनही १/१ लाख रुपैँया सहयोग गरेकाछन् । उनीहरु दुवै अहिले बेलायतमा छन् । यसैगरि डाक्टर सुवेदीका दाज्यु एवं उमर उच्च माविका पूर्व प्रधानाध्यापक देवीप्रसाद सुवेदीले पनि ३० हजार १ सय ५ रुपैँया सहयोग गरेकाछन् । उनीहरुको सहयोग रकमलाई रकमलाई आज शुक्रवार महोत्सवस्थलमा सार्वजनिक गरिएको आयोजक समिति संयोजक जमिन्द्रमान घलेले जानकारी दिएकाछन् ।


महोत्सवमा विदेशवाट सहयोग आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ । महोत्सव आगामी १४ गतेसम्म संचालन हुने छ ।
Mail to: lamjungnews@gmail.com
Posted on:October 29, 2010, 10:33 pm

No comments:

Post a Comment