आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस २३ गते । सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादीको जनव्रि्रोह, राष्ट्रपति तथा सैन्य 'कू' नेपालका लागि असम्भव भएको वताएकाछन् ।
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन का नेपाल प्रमुख करिन लनग्रेनले सुरक्षा परिषदमा राखेको प्रतिवेदन मनोगत र काल्पनिक भएको टिप्पणी गर्दै मन्त्री पोख्रेलले लनग्रेनको योग्यता र दक्षतामाथि प्रश्न समेत गरे ।
लमजुङ सदरमुकाम वेसीशहरमा आज शुक्रवार प्रेस चौतारी नेपाल पश्चिमाञ्चल क्षेत्रीय भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले राजनीतिक दलहरुले अनमिन विना नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विश्वास ब्यक्त गरे ।
सहमतिको नाममा प्रधानमन्त्रीको राजिनामा दिन लगाउनेहरुले आफ्नो गल्ती स्वीकारेको दिन मुलुकले नयाँ प्रधानमन्त्री पाउने उहाँको भनाई छ । माओवादीतर्फईङ्गति गर्दै उहाँले त्यसका लागि समीक्षात्मक आत्मग्लानी गर्नुपर्ने पोख्रेलको भनाई छ । बहुमत प्राप्त सरकारले राजीनामा दिन बाध्य हुनुमा नेपाली सञ्चारमाध्यम पनि कारक रहेको मन्त्री पोखरेलले आरोप लगाए ।
माओवादीमा अतिवाद हावी भएको भन्दै मन्त्री पोखरेलले माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार नभएको आरोप लगाए । 'अतिवादी सोच नत्याग्दा सम्म शान्ति प्रक्रिया र संविधान लेखनका काम अघि बढ्न सक्दैन' मन्त्री पोख्रेलले भने, 'जवसम्म माओवादी कार्य सच्चिँदैन, तवसम्म दलीय एकता असम्भव छ ।' माओवादीको आचरण सुध्रने वित्तिकै दलहरुबीच सहकार्य सम्भव हुने मन्त्री पोख्रेलको भनाई छ ।
नेकपा एमालेका सचिव समेत रहेका मन्त्री पोखरेलले बहुमतीय पद्दतीमा जाने विषयमा नेकपा एमाले खुल्ला रहेको जानकारी दिँदै अहिल्यै पार्टर्ीी कसैको पक्ष वा विपक्षमा जाने निर्ण्र्ाानगरेको जानकारी दिए ।
प्रेस चौतारी नेपालका पश्चिमाञ्चल संयोजक दर्ुगाप्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एमाले पोलिब्युरो सदस्य तथा सभासद पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गगन थापा, महासचिव विष्णु रिजाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रमोद दाहाल, दक्षिण एशीयाली पत्रकार संघ साफ्माका अध्यक्ष शिव गाउँले, नेकपा एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घले, नेपाली कांग्रेस लमजुङका सचिव अर्जुन पराजुली, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, पत्रकार महासंघका अध्यक्ष किसान 'संगीत' संगीत नेपाली लगायतले शुभकामना ब्यक्त गरेका थिए ।








Posted on:January 7, 2011, 8:52 pm
No comments:
Post a Comment