Saturday, June 25, 2011

नेपाली कांग्रेस सचिव पराजुलीको निधन

आश गुरुङ 'प्रतीक'
, लमजुङ, चैत ७ गते ।
क्यान्सर रोगबाट ग्रस्त भइ उपचार्रार्थ काठमाण्डौंको ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेस लमजुङका सचिव अर्जुन पराजुलीको ४२ बर्षो अल्पयुमै आज विहान निधन भएको छ ।

पराजुलीको विहान सवा सात बजे उपचारका क्रममा निधन भएको हो । गत माघ दोस्रो सातादेखि अस्पताल भर्ना भएका पराजुलीलाई उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी मेमोरियल अस्पतालसमेत लगिएको थियो ।

त्यहाँ शल्यक्रिया हुन नसकेपछि केमोथेरापीबाट उपचार गराउन फागुन अन्तिम साता पुनः काठमाण्डौं ल्याइएको थियो ।
विक्रम सम्बत २०२५ साल असार १७ गते बुवा गणेशबहादुर र आमा तिलमाया पराजुलीका जेठा छोराको रुपमा लमजुङको चक्रतर्ीथ गाविस वडा नंं ३ मा जन्मनुभएका पराजुली नेपाल रेडक्रस सोसाइटी लमजुङको सभापति समेत हुनुहुन्थ्यो ।





Posted on:March 21, 2011, 8:32 am

No comments:

Post a Comment