Tuesday, June 21, 2011

बेशीशहर खानेपानीको अध्यक्षमा अधिकारी निर्वाचित

आश गुरुङ 'प्रतीक'
तस्वीरः नवीनराज कुइँकेल
लमजुङ, माघ १९ गते ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित वेसीशहर खानेपानी तथा उपभोक्ता समितिको अध्यक्ष पदमा कृष्णबहादुर अधिकारी निर्वाचित भएकाछन् ।
प्रतिद्धन्द्धी लिलाबहादुर रिमाललाई ५६ मतले पराजित गरि ४ सय ७६ मत ल्याएर अधिकारी विजयी भएका हुन् । रिमालले ४ सय २० मत ल्याएका थिए । अध्यक्षका अर्का प्रत्यासी भुपालबहादुर दनाइँले १ सय २५ मत ल्याए ।

त्यस्तै, प्रतिद्धन्द्धी गोपाल खातीलाई १ सय १३ को भारि मतअन्तरले पछाडि पार्दै ५ सय २९ मत ल्याएर क्याप्टेन मिलबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएकाछन् । खातीले ४ सय १५ मत ल्याए । उपाध्यक्षका अर्का प्रत्यासी मोहनसिंह थापाले ९४ मत ल्याए ।
सचिवमा ३० मत बढी ल्याएर कृष्णकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ४ सय ७६ मत प्राप्त गरे भने प्रतिद्धन्दी लक्ष्मी अधिकारीले ४ सय ४६ मत प्राप्त गरेका थिए । अर्का प्रत्यासी रामचन्द्र परियारले १ सय १० मत ल्याए । कोषाध्यक्षमा खिमबहादुर घिमिरेलाई १ सय ४६ को भारि मतअन्तरले हराउँदै रेशमलाल श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ५ सय ७ र घिमिरेले ३ सय ६१ मत प्राप्त गरेका थिए । कोषाध्यक्षका अर्का प्रत्यासी विजयबहादुर गुरुङले १ सय ६० मत प्राप्त गरे ।

यसैगरि, महिला सदस्यहरुमा ४ सय ५७ मत ल्याएर अप्सरा खवास र ३ सय ९५ मत ल्याएर आशकुमारी गुरुङ निर्वाचित भए । निकटतम प्रतिद्धन्दी विष्णुमाया रानाले ३ सय ८३ र सीताकुमारी गुरुङले ३ सय ७६ मत प्राप्त गरे । महिला सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । दलित सदस्यद्धय डीलबहादुर हरिजन र रवीलाल विश्वकर्मा दुवैले बराबर ४ सय ७५ मत ल्याएकोमा गोला प्रथाद्धारा रवीलाल निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा ४ सय ५६ मत ल्याएर किशोरकुमार बस्नेत 'सन्तोष', ४ सय ४७ मत ल्याएर क्याप्टेन तुलबहादुर गुरुङ, ३ सय ६३ मत ल्याएर देवीदास बराल र ३ सय ५७ मत ल्याएर अर्जुनबहादुर रावल निर्वाचित भएकाछन् । सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका थिए ।

चार वर्षो कार्यकालका लागि आफ्ना नेता तथा कार्यकर्तालाई समितिको पदाधिकारी बनाउन लमजुङका तीन ठुला राजनीतिक दलले आ-आफ्नो प्यानल खडा गरेका थिए । अन्ततः कांग्रेसका ९ र एमाले प्यानलका २ जनाले निर्वाचन जितेको छ । माओवादीले भने कुनैपनि पद पाएनन् । कांग्रेसका तर्फाट अध्यक्ष अधिकारी, सचिव प्रधान, कोषाध्यक्ष श्रेष्ठ, महिला सदस्यहरु खवास र गुरुङ, दलित सदस्य विश्वकर्मा र खुल्लामा रावल, बस्नेत र गुरुङ सदस्य पदमा निर्वाचित भएका हुन् । एमालेतर्फा क्याप्टेन गुरुङ र खुल्ला सदस्य पदका बराल निर्वाचित भएका हुन् । माओवादीतर्फा उम्मेदवार चन्द्रकान्त पौडेलले सदस्य पदमा आफ्ना प्यानलमा सवैभन्दा बढी ३ सय ४० मत ल्याएका थिए ।
मंगलवारदेखि शुरु भएको वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितको तेश्रो जिल्ला अधिवेशनको मत गणना बुधवार अपरान्हमात्रै सकिएको थियो ।


Posted on:February 5, 2011, 9:33 pm

No comments:

Post a Comment