Sunday, June 26, 2011

लमजुङको पर्यटकीय गाउँ सिउरुङमा महोत्सवको तयारी

आश गुरुङ,

लमजुङ, जेठ १० गते ।
लमजुङको पर्यटकीय सिउरुङ गाउँमा आगामी जेठ १४ र १५ गते 'छैठौँ सिउरुङ महोत्सव-२०६८' आयोजना हुने भएको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण र सर्ंबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन वर्षसन् २०११ लाई सफल बनाउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा विभिन्न हस्तकलाका सामाग्रीहरुको पर््रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू तथा चर्खा, झोला, पछ्यौरा लगायत उन र धागोवाट निर्मित सामाग्रीहरुको पर््रदर्शनी गरिने सिउरुङ महोत्सव आयोजक समितिका सचिव उमरबहादुर गुरुङले सदरमुकाम वेसीशहरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

समुद्री सतहदेखि १ हजार ८ सय ५४ मीटरको उचाईमा रहेको सिउरुङ गाउँको महोत्सवमा गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु पनि पर््रदर्शन गरिने भएको छ ।

लमजुङ सदरमुकाम वेसीशहरवाट झण्डै एक दिन लाग्ने सिउरुङमा पर्यटकका लागि २० घरमा होमस्टेको ब्यवस्था छ । सिउरुङका वासिन्दाले २०६२ सालदेखि हरेक वर्षमहोत्सवको आयोजना गर्दै आएकाछन् ।
Siurung Gaon, Lamjung


Posted on:May 24, 2011, 6:41 am

No comments:

Post a Comment