Tuesday, June 21, 2011

लागु औषधसहित पक्राउ

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, पुस २२ गते ।
लमजुङमा लागु औषधसहित एकजनालाई आज विहिवार प्रहरीले रंगे हात पक्राउ गरेको छ ।
पर्ूर्वी लमजुङको भलायखर्क गाउँ विकास समिति वडा नम्बर ६, पन्थेडाँडा घर भई हाल वेसीशहर ९ शेरा वस्दै आएका २१ बषिर्य शेखर शाहीलाई सुराकीको आधारमा प्रहरीले रंगेहात पक्रेको हो ।

प्रहरी निरीक्षक आनन्दमणी लामिछानेको नेतृत्वमा गएको प्रहरी टोलीले शाहीको साथवाट र्डाईजेपाम र नोफिन नामक ४८/४८ थान लागु औषध र प्रयोग गरिरहेका २ वटा सिरिञ्ज समेत बरादम गरेको छ ।

शेरास्थित आफ्नै निवासवाछ प्रयोग गरिरहेको अवस्थामा रंगे हात पक्राउ गरिएका शेखरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारीले शाहीविरुद्ध लागु औषध सेवन तथा ओसारपोसार ऐन अन्तरगत मुद्धा दर्ता गरिएको जानकारी दिएकाछन् ।

Drugs
Drugs
Drugs
Drugs
Drugs

Posted on:January 7, 2011, 8:20 pm

No comments:

Post a Comment