Saturday, June 25, 2011

चार करोडको लगानीमा दर्ुगम गाउँमा २ वटा रोपवे

आश गुरुङ 'प्रतीक',
तस्वीरः आश गुरुङ
लमजुङ, फागुन १० गते ।
लमजुङको पर्यटकीय भुजुङ गाउँका वासिन्दा आफ्नो गाउँमा रोप वे निर्माण गर्न जुटेकाछन् ।
गाउँको ९ वटै वडाका ४ सय बढी घरधुरीका वासिन्दा यतिवेला श्रमदान गरेर गाउँमा रोप वे निर्माण गर्न जुटेका हुन् ।
नेपाल जापान टोकोसिमा मैत्री संघ र स्थानीयवासिन्दाको श्रमदान गरि झण्डै ४ करोड रुपैँयाको लगानीमा निर्माण हुन लागेको रोप वेको प्राविधिक काम शुरु भएको छ । रोप वे निर्माणका लागि स्थानीयवासिन्दासंगै जापानवाट आएका १० जनाको प्राविधिक टोली आजदेखि खटिएका स्थानीय यमबहादुर गुरुङले जानकारी दिएकाछन् ।

गाउँकै घिउँचे खेतवाट भुजुङ गाविसको वडा नम्बर ६ स्थित पर्खो च्होसम्मको साढे २ किलोमीटर र काउँरोपोखादेखि वडा नम्बर २ को खोउँरे च्होसम्मको ३ किलोमीटरका लागि २ वटा रोप वे निर्माण हुन लागेको हो ।

२ वटा स्टेशनको प्राविधिक काम एक हप्ताभित्र सक्ने योजना अनुरुप काम अगाडि बर्ढाईएको प्राविधिक प्रमुख कोचिसानले वताउनुभएको छ । नेपाल जापान टोकोसिमा मैत्री संघ र स्थानीयवासिन्दाको श्रमदानमा यसअघि तल्हृयूवाट गाउँसम्मको साढे १ किलोमीटरमा रोप वे संचालन हुँदै आएको छ ।
तस्वीरमा एक वर्षघि निर्माण गरिएको भुजुङको रोप वे । यो रोप वे अहिले संचालनमा छ ।






Posted on:February 26, 2011, 2:27 am

No comments:

Post a Comment