Tuesday, June 28, 2011

यार्सर्ााम्बा ठेकेदारको साढे ४ लाख चोरी

आश गुरुङ,
लमजुङ, असार १२ गते । बहुमुल्य जडिवुटी यार्सर्ााम्बा खरिदका लागि हिमालपारीको जिल्ला मनाङ पुगेका एक ठेकेदारको ४ लाख ५० हजार रुपैँया नगद चोरी भएको छ । मनाङ सदरमुकाम चामे गाउँ विकास समिति वडा नम्बर ४ तिमाङमा रहेको प्रशान्त होटल एण्ड लजमा वास वस्न पुगेका गोरखा जिल्ला लाप्राक घर भएका धनबहादुर गुरुङको रकम चोरी भएको हो ।

आफ्नो साथमा रहेको रकमलाई कोठामा राखेर खाना खान गएको बेलामा कोठाको सिसा फोरेर आफ्नो रकम चोरले लगेको पीडित गुरुङले वताए । घटना गत बिहिवारको भएपनि उनले आईतवारमात्रै संचारकर्मीमालाई घटनावारे जानकारी गराएका हुन् ।
घटनावारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

Posted on:June 28, 2011, 1:27 am

No comments:

Post a Comment