आश गुरुङ,
लमजुङ, वैसाख ४ गते । लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नं. ४, गाउँशहरकी विष्णुमाया दुलालले मृगौला पीडित आफ्नो छोराको उपचारमा सहयोग गरेर ज्यान वचाई दिन आग्रह गरेकी छन् ।
दुलालले सदरमुकाम वेसीशहरमा आज आईतवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि २८ बषर्ीय छोरा शम्भु दुलालको दुवै मृगौला काम नलाग्ने भएर दयनीय अवस्थामा पुगेको भन्दै सहयोगको याचना गरेकी हुन ।
गत माघ अन्तिम साता शिक्षण अस्पताल काठमाडौंमा परीक्षण गर्दा दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाह पाए पनि मृगौला फर्ेनको लागि ७ लाख बढी खर्च लाग्ने भएकाले दुलालको उपचार हुन नसकेको हो ।
सामन्य उपचारको लागि अहिलेसम्म ऋण काढेर डेढ लाख बढी खर्च भएपनि अब उपचार गर्ने कुनै उपाए नभएको र स्वास्थ्य अवस्था झन नाजुक हुदै गएको शम्भुकी आमा विष्णुले संचारकर्मीसंग वताइन ।
दर्ुइवटा मृगौला प्रत्यारोपण गर्न ७ लाख बढी लाग्ने भएपछि दुलालले सहयोगी व्यक्ति, संघ संस्था, कार्यालय र सरकारसंग उपचारको लगि याचन गर्दे आएपनि अहिलेसम्म सहयोग पाउन नसकेको पीडितकी आमा विष्णुले वताईन् ।
आर्थिक अवस्था ज्यादै कमजोर भएका दुलालले आफ्नो उपचारका लागि एक पैसा पनि नभएको वताएकाछन् । उनको ७ बषिर्य छोरी, श्रीमती र आमालाई दैनिक मजदुरी गरि पाल्दै आएकोमा अहिले अशक्त भएपछि परिवारै भोकभोकै पर्ने अवस्थामा पुगेको छ ।

Posted on:April 17, 2011, 5:58 am
No comments:
Post a Comment