Tuesday, June 21, 2011

झडपका क्रममा १२ जना स्थानीय र्घाईते

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
७ लाख राहत दिने सहमतिमा यातायात खुल्यो
लमजुङ, माघ २२ गते ।
लमजुङको डुम्रे-वेसीशहर सडक खण्ड खुलाउने क्रममा झडप हुँदा १२ जना र्घाईते भएकाछन् ।
सिम्पानी गाविसका वासिन्दाले विहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा स्थानीयवासिन्दा र्घाईते भएका हुन् । उनीहरु लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सामान्य उपचार पछि फर्केकाछन् ।
विद्युतको ट्रान्सर्फमर बनाउने क्रममा घनपोखरा गाविस ५, मोर्ङर्ीी हिजो
करेन्ट लागेर मृत्यू भएका खुसीराम भण्डारीका आफन्त र स्थानीयवासिन्दाले
दोषीलाई कार्वाही गर्न माग गर्दै वेसीशहर-डुम्रे सडक दिनभर अवरुद्ध पारेका थिए ।
आक्रोसित स्थानीयवासिन्दाले लमजुङ विद्युत उपभोक्ता संस्थाको कार्यालयमा
तोडफोड समेत गरेकाछन् । स्थानीयवासिन्दाले मुल ढोका र ७ वटा झ्याल
फुटाएकाछन् ।

अवरुद्ध सडक खुलाउने क्रममा स्थानीयवासिन्दा, प्रशासन र लमजुङ विद्युत उपाभोक्ता समितिका पदाधिकारीबीच भएको वार्तामा विद्युत संस्थाले पीडित परिवारलाई ७ लाख दिने सहमतिपछि आज अपरान्हदेखि यातायात खुलेको छ । मृतक भण्डारीका श्रीमती र ३ छोराछोरीलाई डेढ/डेढलाख, किरियाखर्च ५० हजार र मृतककी आमालाई ५० हजार दिने र घटनाको अनुन्धान गरिने सहमतिपछि सिम्पानीका वासिन्दाले आन्दोलन फिर्ता लिएका हुन् ।
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap
Jhadap

Posted on:February 6, 2011, 12:07 am

No comments:

Post a Comment